ताजा अपडेट

जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, मंसिर काठमाडौं । जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । भेटका अवसरमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए । त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१४, मंसिर काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको को छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो प्रतितोला चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।...
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
१४, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रूपमा विकास गरिन लागेको जानकारी दिएका छन् । काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देशक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले भने, “सुस्मा कोइराला मेमोरियल अस्पताल जलन उपचारका लागि एक विशिष्टीकृत अस्पताल हो, सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रूपमा घोषणा गरेको छ, यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिन्छ । ” स्वास्थ्यमन्त्री पौडेलले जर्मनको सहयोगमा सुस्मा कोइराला मेमोरियल ट्रष्टद्धारा सञ्चालित उक्त अस्पतालले अन्य अस्पतालमा कार्यर...
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच द्विपक्षीय भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, मंसिर काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छिन् । चीनको छन्दु सहरमा यो भेटवार्ता हुनेछ । यसका लागि राणा हिजो नै चीनको छन्दु पुगेकी छन् । वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गरेकी थिइन् । मन्त्री राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गरेका थिए ।...
अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१४, मंसिर हेटौँडा। हेटौँडा उपमहानगरपालिका–६ मा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रवार बिहान कान्तिलोकपथ सडक खण्डको चौघडा बजारमा हेटौँडा बजारबाट चुच्चेखोला जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले पैदलयात्री स्थानीय हेटौँडा–६ शान्ति टोलका ६८ वर्षीय जनक राईलाई ठक्कर दिई घाइते बनाएको थियो । अटोको ठक्करबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका राईलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि चितवन रिफर गरिएको थियो । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।ठक्कर दिने अटो चालक हेटौँडा–६ बारुते बस्ने ३१ वर्षीय शङ्कर सार्की र अटो प्रहरीको नियन्त्रण रहेको छ ।...
सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान सुरु

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान सुरु

ताजा अपडेट, राजनीति, समाचार
१४, मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो । सो सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।...
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’

ताजा अपडेट, राजनीति, समाचार
१४, मंसिर लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालक दलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास थालेको बताएका छन् । ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना’ विषयमा बिहीबार भैरहवामा भएको छलफलमा उनले विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले बुटवल र भैरहवा मात्र नभई लुम्बिनीवासीमा उत्साह भरेको बताउँदै संघीय सरकारलाई यहीँबाट प्रक्रियागत सबै काम सम्पादन गर्ने अधिकार प्रत्यायोजन गर्न आग्रह गरे । विमानस्थल सञ्चालन भएपछि लगानीको वातावरण बनेको बताउँदै मुख्यमन्त्रीले उद्यमी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गरे। साथै उनले लगानीमैत्री वातावरण निर्माणमा बाधक कानुन संशोधन गर्न आफू तयार रहेको बताए। लुम्बिन...
पोखराको बाँझो जग्गामा कागतीखेती

पोखराको बाँझो जग्गामा कागतीखेती

ताजा अपडेट, वातावरण, समाचार
१४, मंसिर गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए । कागतीखेतीका लागि उहाँले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।...
बालाचतुर्दशी पर्व : पशुपति क्षेत्रमा  माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

बालाचतुर्दशी पर्व : पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१४, मंसिर काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएकोृ छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व ९शतवीजारोपण पर्व०, २०८१ लाई मध्यनजर गर्दै मङ्सिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिए । कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौँ प्शासनले चेतावनी दिएको छ । काठमाडौँ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्देश्यले देहाएका चार किल्लाभित्र क...
स्थानीय तह उपनिर्वाचन : आजदेखि मौन अवधि सुरु आचारसंहिता उल्लङ्घन गरे कारबाही

स्थानीय तह उपनिर्वाचन : आजदेखि मौन अवधि सुरु आचारसंहिता उल्लङ्घन गरे कारबाही

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, मंसिर काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते मध्गराति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेको छ । मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोज...