ताजा अपडेट

रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

ताजा अपडेट, राजनीति, समाचार
१३, मंसिर काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आज बेलुकी बेलुकी ५ बजे हवाई मार्गबाट काठमाडौँ ल्याउन लागेको बताएको छ। काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।...
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१३, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्त्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरिएको छ । प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।...
परराष्ट्रमन्त्री चीन प्रस्थान

परराष्ट्रमन्त्री चीन प्रस्थान

ताजा अपडेट, राजनीति, समाचार
१३, मंसिर काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ । राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।...
कामपा – १६ मा एमालेको घरदैलो (तस्वीरमा)

कामपा – १६ मा एमालेको घरदैलो (तस्वीरमा)

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
     
काभ्रेमा काँग्रेसको सय दिने अभियानस् ‘सदस्यता घर(आँगन

काभ्रेमा काँग्रेसको सय दिने अभियानस् ‘सदस्यता घर(आँगन

ताजा अपडेट, राजनीति, समाचार
१३, मंसिर काभ्रेपलाञ्चोक । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर(आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका १३५ वटै वडामा नेता कार्यकर्ता खटेका हुन् । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ । पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रूपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ ।...
सुनको मूल्य फेरी  घट्यो, आज कतिका कारोबार ?

सुनको मूल्य फेरी घट्यो, आज कतिका कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१३, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य १ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको थियो ।...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, मंसिर  काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।  ...
जुम्ला साक्षर जिल्ला घोषणा

जुम्ला साक्षर जिल्ला घोषणा

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
१३, मंसिर जुम्ला । कर्णाली प्रदेशको जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा भएको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले विरुवामा पानी हालेर जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा गर्नु भएको हो । साक्षरता अभियान जिल्ला समन्वय समितिको आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरेर जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेशबहादुर मल्लका अनुसार जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर छन् । राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।...
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान्‌ गम्भीर घाइते

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान्‌ गम्भीर घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३, मंसिर भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते हुनु भएको छ । भक्तरपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते हुनु भएका छन्‌ भने उहाँकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।...
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, मंसिर  काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ । आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वा...