सुनको मूल्य बढ्यो,आज कतिका कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो प्रतितोला चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो।...









