ताजा अपडेट

ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

खेलकुद, ताजा अपडेट, समाचार
११, मंसिर काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकासँग खेल्दै छ । सुरूवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा सोमबार अफगानिस्तानलाई हराएको थियो । आजको खेल पौने १२ बजेदेखि सुरू हुँदै छ । दक्षिण अफ्रिकालाई हराएमा नेपालको सेमिफाइनलमा लगभग स्थान पक्का हुने छ । अन्तिम खेलमा बुधबार पाकिस्तानसँग खेल्ने छ ।...
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम

चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम

ताजा अपडेट, वातावरण, समाचार
११, मंसिर काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ । नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयाम ९मोलड०का बारेमा ज्ञान हासिल गर्नेछन् । स्किल ल्याब’को सहयोगमा सञ्चालित सो तालिममा नगरका १५ वटै वडाका ५० युवा सहभागी छन् । तालिमपछि सोही संस्थाले तालिमका सहभागीलाई रोजगारीका लागि विदेशी संस्थासँग समन्वय गरिदिने जनाइएको छ ।सीप र रोजगारीलाई जोड्ने सो तालिमपश्चात् सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने जनाइएको छ । पछिल्लो सम...
सुनको मूल्य फेरी घट्यो, आज कतिमा कारोबार  ?

सुनको मूल्य फेरी घट्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
११, मंसिर काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।हिजो प्रतितोला चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।  ...
आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

ताजा अपडेट, वातावरण, समाचार
११, मंसिर काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ । कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक...
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

ताजा अपडेट, राजनीति, समाचार
११, मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ ।...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
११, मंसिर चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।” अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उनले भने, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।...
सरकारले कसैलाई  एक्लो र असहाय हुन दिँदैन  : प्रधानमन्त्री ओली

सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताएका छन् । हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उनले उल्लेख गरेका छन् ।ुसरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइन भन्ने स्थिति हुने छैन । मेरो रेखद...
चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह

चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई(मधेश र देशभरिका जिल्लाका नागरिकलाई चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । जाडोको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेश लगायत देशभरिका विपन्न बस्ती र परिवारलाई बढी पीडा दिने गरेको भन्दै यसबारे पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसँग एमालेले आग्रह गरेको छ ।...
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम

विमान चालकको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१०, मंसिर काठमाडौं । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवा सुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट)ले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए ।उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए । भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । यात्रुलाई आइतबार राति मुम्बई र आज बिहान दुबई लगिएको छ । उनले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस...
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१०, मंसिर काठमाडों । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को बिन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा रू. छ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३ र म्युचुअल फन्ड शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दाधेरै वित्त समूह दुई दशमलव २७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ११, विकास बैंक एक दशमलव २१, होटल तथा पर्यटन एक दशमलव २४, जलविद्युत् शून्य दशमलव ४४ र लगानी समूह एक दशमलव ०५ प्रतिशतले बढेका छन् ।...