ताजा अपडेट

काठमाडौँ महानगरले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने

काठमाडौँ महानगरले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१०, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने भएको छ । राज्यले कुनै सहयोग नगर्ने र १६ दिनसम्म मात्र अभियान चलाउँदै उपलब्धि नहुने भन्दै यस वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने महानगरपालिकाले जनाएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ । तर महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले १६ दिन मात्र अभियान चलाउनु देखावटी हुने टिप्पणी गरेका छन् । प्रवक्ता मानन्धरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका लैंगिक हिंसाविरुद्धका कार्य...
सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता स् लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गरेका छन् । “म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।” प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरूलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्र...
प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते सोमबार चीन भ्रमणमा जाने कार्यक्रम छ । छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहभागी छ ।...
सुनको मूल्य तोलामा १५ हजार ९ सयले घट्यो

सुनको मूल्य तोलामा १५ हजार ९ सयले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१०, मंसिर काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार प्रतितोला चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।...
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भेट गरेका हुन् । भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।...
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

ताजा अपडेट, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्न सार्वजनिक बिदा दिन भनेको हो ।...
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१०, मंसिर काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ । नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको इतिहास छ । नेपालको मन्त्रिपरिषद बैठकले २०७५ साल मंसिर २ गते नेपालमा सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्...
प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१०, मंसिर काठमाडौं । काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँद याम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो । विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रूपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रूपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन् । वायु गुणस्तर सूचकाङ्क शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि एक सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । एक सय ५१ देखि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सयसम्म निकै अस्व...
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै

प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन्...
फीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

फीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक(स्नातकोत्तर तह ९पीजी० को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालगायतलाई सो निर्देशन दिएका हुन् । आयोगले पीजी अध्ययन गर्ने चिकित्सकहरूलाई ८ औँ तहका चिकित्सक बराबर निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । तर, यो निर्णयले आर्थिक भार थप्ने भन्दै निजी मेडिकल कलेजहरूले पीजीमा भर्ना नै लिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या...