एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार
९, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । यससँगै महानगरपालिकाको टोली त्यसै फर्किएको छ । महानगरपालिका प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराई पार्टी कार्यालयमा पत्र दर्ता हुन नसकेको बताए ।
‘उहाँहरूले पत्र हेर्नुभयो र पढ्नुपनि भयो । तर, दर्ता गर्न मान्नु भएन । त्यसपछि हामी पत्र बोकेर त्यसै कार्यालयमा फर्किएका छौँ’, उनले भने। एमाले पार्टी कार्यालयका प्रतिनिधिले दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौँ जिल्ला कमिटीका भएकाले जरिवानाको पत्र पनि त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।...









