ताजा अपडेट

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, मंसिर पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराउन लागिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।...
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८, मंसिर गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरूलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको हो । “क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने,( “अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।”  ...
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
८, मंसिर काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।...
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

ताजा अपडेट, वातावरण, समाचार
८, मंसिर झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो ।मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी) हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी बलले झापाको सीमावर्ती २१ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरेको छ ।...
आजको मौसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८, मंसिर काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसमपूर्वानुमान महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  ...
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
७, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताएका छन्। नेकपा (एमाले) का उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको हो। उनले मङ्सिर १७ गतेदेखि छिमेकी चीनको भ्रमण गर्दै छ । उनले भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पारेका छन् ।...
०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् । ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’ प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘...
अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल

अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, मंसिर काठमाडों । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताएका छन् । । एमालेले शुक्रबार आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उनाले सो कुरा बताए हो । नेपालमा रेल यातायात सुरु गर्न, भारतीय नाकाबन्दी विरुद्ध छुटकारा पाउन उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको उनले बताए ।...
काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७, मंसिर काठमाडौं । काठमाडौँ उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । अहिले काठमाडौँका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ ।त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ । आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौँका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् । एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाऊ गर्न रोक लगाएको छ । यस्तै दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...
काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)

काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, मंसिर काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुने क्रम जारी छ ।   पञ्चेबाजासहित सुरु भएको र्‍यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका छन् ।  ...