ताजा अपडेट

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, समाचार
७, मंसिर काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ। घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए ।नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ ।...
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७ , मंसिर काठमाडौं । काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ । आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् । एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ । दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...
एमाले जागरणसभाका लागि र्‍याली सुरू

एमाले जागरणसभाका लागि र्‍याली सुरू

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, मंसिर काठमाडों । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...
सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी दश रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।...
आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, मंसिर काठमाडौं । सत्तारुढ दल नेकपा )एमाले) ले आज काठमाडौँमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । जागरणसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरु गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुनेछ ।...
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।...
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, मंसिर दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ ।...
आजको मौसम : यी चार प्रदेशमा हल्का वर्षाकोे सम्भावना

आजको मौसम : यी चार प्रदेशमा हल्का वर्षाकोे सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
७, मंसिर काठमाडौं । पश्चिमी वायुको प्रभावलले देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमा महाशाखाका अनुसार देशको कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७, मंसिर काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।  तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।
राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् ।...