ताजा अपडेट

अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
६, मंसिर काठमाडौं । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए । उनले भने, “ड्रेसकोडको पालना भएरनभएको परिषद्बाट नियमित अनुगमन हुनेछ ।...
मन्त्री फेरिने कुरा हल्ला मात्र हो : मन्त्री लेखक

मन्त्री फेरिने कुरा हल्ला मात्र हो : मन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, मंसिर काठमाडौं । बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा भने स्वीकार नगर्ने काँग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारेका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा काँग्रेस र एमालेका फरक फरक मान्यताहरू देखिएका भए पनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए । ‘काँग्रेसले त ऋणका रूपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रूपमा भए पनि लिनुपर्छ नै त भनेको छैन,’ मन्त्री लेखकले भने, ‘दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ ।’मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषदमा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे ।...
अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प

अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताजा अपडेट, वातावरण, समाचार
६,मंसिर काठमाडौं । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो ।...
कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली

कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
६, मंसिर काठमाडौं । सत्तारुढ एमालेसहित विभिन्न दलका नेताहरूको एउटा टोली आज कम्बोडिया पुगेको छ । भ्रमण टोलीमा एमालेका पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । यस्तै, काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला टोलीमा छिन् । माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् । ५ राजनीतिक दलका १३ जना यो भ्रमणमा रहेको एमाले नेता भट्टराईको भनाइ छ । उनले हिजो राति सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भ्रमणको प्रयोजन पनि स्पष्ट पारेका छन् । भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी ९इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज० को १२ औँ अधिवेशनमा भाग लिन उनीहरू त्यहाँ गएका हुन् ।...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
६, मंसिर काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।...
बजार अनुगमनबाट १३ लाख जरिवाना असुल

बजार अनुगमनबाट १३ लाख जरिवाना असुल

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
६, मंसिर काठमाडौं । सरकारले नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनाभरिमा गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय गर्दै आएका उक्त फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको जनाएको छ । विभागले कार्तिकमा ५२० वटा फर्मको अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत काम गर्ने ५७ फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको विभागले जनाएको छ ।...
राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुंगानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए।...
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
६, मंसिर काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।  ...
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६,मंसिर काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।...
आज विश्व टेलिभिजन दिवस मनाइँदै

आज विश्व टेलिभिजन दिवस मनाइँदै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, मंसिर काठमाडों । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगिन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढी टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।  ...