कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री भट्टराई
३० कार्तिक,काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी गर्नुपर्ने बताएकी छन्।
बिहीवार काठमाडौँमा शिक्षा पत्रकारसँगको अन्तरसंवादमा मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। उनले कम्पनी ऐनबाट सञ्चालित भएकाले विगतमा शिक्षालाई नाफाका रूपमा लगानी गर्ने गरिए पनि अब कल्याणकारी अवधारणामा अघि बढ्नुपर्ने बताइन्।
उनले विद्यालय शिक्षा विधेयक त्यही अवधारणामा ल्याउन आवश्यक रहेको बताइन्। उनले आजको सन्दर्भमा शिक्षामा नाफाको लागि लगानी गर्ने कुरालाई मुलुकको संविधानले स्वीकार नगर्ने बताइन्।
उनले शिक्षा सेवा क्षेत्र भएको भन्दै यसलाई कमोडिटीको रूपमा प्रयोग गर्न नहुने उल्लेख गरिन्। उनले शिक्षा पब्लिक गुड भएको कुरा संविधानले स्पष्ट रूपमा बोलेको उल्लेख गरिन्।...









