ताजा अपडेट

सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी झुन्डिएको अवस्थामा मृत भेटिइन्

सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी झुन्डिएको अवस्थामा मृत भेटिइन्

ताजा अपडेट, ब्यानर-१, समाचार
२८ कार्तिक,सुर्खेत ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिकस्थल गंगामाला देउती बज्यै मन्दिरकी पुजारी झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन्। मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको बुधबार बिहान ५ बजे मन्दिरको ढोकामा झुन्डिएको अवस्थामा शव भेटिएको हो।सो घटनाको प्रहरीले अनुसन्धान थालेको छ। घटनापछि मन्दिरमा पूजा रोकिएको प्रहरीले बताएको छ।  ...
आजको मौसमः यी प्रदेशका केही भू–भागमा हल्का वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भू–भागमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, वातावरण, समाचार
२७ कार्तिक,काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानमान महाशाखाका अनुसार आज मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राती पनि राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हि...
विद्यार्थीहरुबाट खेलाडी छान्दै काठमाडौं महानगर

विद्यार्थीहरुबाट खेलाडी छान्दै काठमाडौं महानगर

खेलकुद, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
२७ कार्तिक,काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन १,२४७ जना, भलिबल १,२४७ जना, क्रिकेटमा ९६ जना, तेक्वान्दोमा ९२५ जना विद्यार्थीले रुची देखाएका छन् । बास्केटबलमा ८,९९ जना, कराँते ८९३ जना, कवड्डी ६९ जना, एथलेटिक्स ५४९ जना, बक्सिङ् ४७१ जना, चेसमा ३४६ जना, टेबुलटेनिस २७८ जना, खोखो २४५ जना, हक्कीमा १४९ जना, उ...
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
मनिषा गुरुङ २७ कात्तिक,काठमाडौं ।निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले सोमबारदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको जनाएको छ। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताएका छन्। आगामी मङ्सिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि हुने उपनिर्वाचनमा जिल्ला समन्वय समितिका प्रमुख दुई,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार,नगरपालिका प्रमुख एक,उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुदैछ। यसका लागि मङ्सिर २...
आज हरिबोधनी एकादशी तुलसीसँग विष्णुको विवाह गरेर मनाइँदै,नागार्जुन नगरपालिकामा सार्वजनिकि बिदा

आज हरिबोधनी एकादशी तुलसीसँग विष्णुको विवाह गरेर मनाइँदै,नागार्जुन नगरपालिकामा सार्वजनिकि बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) २७ कार्तिक,काठमाडौं। आज हरिबोधनी एकदशी।औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु कार्तिक शुक्ल एकादशीमा ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन्। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ।तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा रहेको छ। तुलसी प्रयोगको फाइदा तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। ...
रास्वपाका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप

रास्वपाका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप

अपराध, ताजा अपडेट, बिशेष, समाचार
२६ कार्तिक,काठमाडौं ।सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि  चौथो पटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार आदेश दिएको हो । कात्तिक २ गते पक्राउ परेका उनीमाथि छानबिनका लागि सरकारले पहिलोपटक ५ दिनको म्याद थप गरेको थियो ।भने दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । त्यस्तै तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो ।उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।...
प्रेस काउन्सिलले राख्यो चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा,भ्रामक सूचना सम्प्रेषण गर्ने थप ७ निगरानिमा

प्रेस काउन्सिलले राख्यो चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा,भ्रामक सूचना सम्प्रेषण गर्ने थप ७ निगरानिमा

ताजा अपडेट, ब्यानर-२, समाचार
२६ कार्तिक,काठमाडौं ।प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष निगरानिमा राखेको जनाएको छ । आइतबार काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले सो निर्णय गरेको हो । काउन्सिलको निर्देशन नमान्ने,अटेर गर्ने,एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना,समाचार सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको काउन्सिलद्धार जारी विज्ञप्तिमार्फत जनाएको छ। पछिल्लो समय भ्रामक सूचना सम्प्रषण गर्ने प्रबृति बढेको भन्दै काउन्सिलले विशेष निगरानि गरिरहेको पनि जनाएको छ ।यस अघि धेरै सञ्चारमाध्यम कालोसूचीमा परिसकेको समेत काउन्सिलले जनाएको छ। एक साप्ताहिक,एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको छ।सााथै कालोसूचीमा राखेका सञ्चारमाध्यमको ...
आजको मौसम : यी प्रदेशका केही भ–ूभागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशका केही भ–ूभागमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६ कार्तिक,काठमाडौं ।हालसम्म पनि देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि मंगलबार पनि कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।...
आज १४० औं फाल्गुनन्द जयन्ती,विभिन्न कार्यक्रमका गरी मनाइँदै

आज १४० औं फाल्गुनन्द जयन्ती,विभिन्न कार्यक्रमका गरी मनाइँदै

ताजा अपडेट, बिशेष, समाचार
२५ कार्तिक,काठमाडौं। किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दलेकिराँत,भाषा,लिपि,संस्कार,संस्कृति एवं समाज सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए।जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ।  उनले समाज सुधारका लागि महत्त्वपूर्ण योगदान पु¥याएका थिए ।सामाजिक एवं सांस्कृतिक विकासको लागि उनले काम काम गरेका थिए।उनी सबै धर्म,सम्प्रदाय,जाति,समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन्। महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा,लिपि,संस्कार संस्कृति,सम्मान शिक्षा,समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरेका थिए। किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फ...
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिस्पर्धी हुन् :शेखर कोइराला

सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिस्पर्धी हुन् :शेखर कोइराला

ताजा अपडेट, राजनीति, समाचार
२५ कार्तिक काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका दुई ठुला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन् । शनिबार कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको बिपी कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनमा यी दुवै पार्टी नै प्रतिस्पर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेता डा. कोइरालाले अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको समेत बताए ।  देशको राजनीतिक परिस्थितिले ठुला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिस्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन”, नेता डा कोइरालाले भने, “आगामी मङ्सिर १६ गते...