ताजा अपडेट

कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल आज अजरबैजान जाने

कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल आज अजरबैजान जाने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२५ कार्तिक,काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन्। राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन  गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ।बैठकमा नेपालले मेलम्ची,मुस्ताङ,कञ्चनपुर,थामे,काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहि...
दलित मानव अधिकार पुस्तक–२०८० सार्वजनिक

दलित मानव अधिकार पुस्तक–२०८० सार्वजनिक

ताजा अपडेट, शिक्षा, समाचार
२४ कार्तिक,काठमाडौं । समता फाउण्डेसनद्वारा प्रकाशित दलित मानव अधिकार पुस्तक–२०८० शुक्रबार सार्वजनिक भएको छ । वन तथा वातावरण राज्यमन्त्री रुपा विक,फाउण्डेसनका अध्यक्ष डा.मदनप्रसाद परियार र फाउण्डेसनका सञ्चालक समिति सदस्य तथा पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा उक्त पुस्तक सार्वजनिक गरेका थिए। सार्वजनिक तथा निजी स्थानमा जातका आधारमा गरिने विभेद, छुवाछूत,निषेधका घटना भएका उजुरी दर्ता र मिलापत्र गरिएको विषय पुस्तकमा उल्लेख गरिएको छ। त्यसैगरी पेसा,व्यवसाय तथा श्रममा जातका आधारमा गरिने विभेद,छुवाछूत,निषेधकाका घटना विवरण पनि सो पुस्तकमा समावेश गरिएको छ । त्यस्तै अन्तरजातीय विवाहमा घटनापीडितलाई झुठो मुद्दा लगाइको,जातका आधारमा गाली बेइज्जती,अपमान,कुटपिट,धम्कीका घटना भएको,कानुनी प्रक्रियामा गएको कानुनी कारबाही भएनभएको पुस्तकमा समावेश गरिएको छ। धार्मिकस्थलमा जातका आधारमा विभेद,छुवा...
यु–१९ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले आज युएईविरुद्व खेल्ने

यु–१९ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले आज युएईविरुद्व खेल्ने

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
२४ कार्तिक,काठमाडौैं।आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ। उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुदै छ।बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो।सो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो ।सो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।प्रतियोगितामा आयोजक युएईसहित नेपाल,कुवेत र थाइल्याण्ड सहभागी छन् । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।  ...
आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती मनाइँदै

आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती मनाइँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४ कार्तिक,काठमाडौं।प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा लिइने सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए।विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । त्यागबाट राजनीतिक जीवन सुरु गरेका सिंहले १९९७ सालदेखि २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गरेका थिए ।कसैलाई विश्वासघात नगर्ने अन्य पार्टीको पनि विश्वास र मन जित्ने खालको स्वभाव भएका उनको  जन्मजयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तप...
आज एमालेको सचिवालय बैठक बस्दै

आज एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ कार्तिक,काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एमालेको आज सचिवालय बैठक बस्दै छ। आज शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने सो बैठक विषेशगरि उपनिर्वाचनका विषयमा केन्द्रित हुने पार्टी केन्द्रिय उपाध्यक्ष तथा सचिवालय सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय,सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र,लगायतका विषयमा समेत छलफल हुँदैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने सो बैठकमा सहभागीताका लागि सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको पनि उनले बताइन् । ...
एमालेले बागमतीका ७ पदमा टुंग्यायो उम्मेदवार

एमालेले बागमतीका ७ पदमा टुंग्यायो उम्मेदवार

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३ कार्तिक काठमाडौं ।नेकपा (एमाले)ले बागमती प्रदेशका विभिन्न स्थानमा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । शुक्रबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर र २ वटा वडाध्यक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नम्बर १२, नुवाकोटको ककनी वडा नम्बर २ का लागि उम्मेदवार टुंगो लगाएको हो । एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ भने कीर्तिपुर नगरपालिकाकै वडा नम्बर १ र ४ मा क्रमशः हर्ष महर्जन र बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । वडाको हकमा सम्बन्धित जिल्लाले नै निर्णय गरेका हुन् । त्यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा लक्ष्मीरत्न तुलाधर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहा...
अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल काठमाडौंमा

अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल काठमाडौंमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
 २३ कार्तिक काठमाडौं । अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम। रड काठमाडौं आएका छन् ।  अमेरिकी दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार जर्नेल रड एक मरिन कर्प्सको सेमिनारमा काठमाडौं आएका हुन् । सेनिमार यही हप्ता हुनेछ । जर्नेल रडले नेपाल भ्रमणको क्रममा नेपाल सरकार तथा नेपाली सेनाका अधिकारीहरुसग पनि भेटघाट गर्नेछन ।उनी अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर हुन् ।...
स्याटेलाइट इन्टरनेट सेवा नेपालमा सुरु गर्न स्टारलिंक उत्सुक,प्रधानमन्त्रीद्धारा डेमो अवलोकन

स्याटेलाइट इन्टरनेट सेवा नेपालमा सुरु गर्न स्टारलिंक उत्सुक,प्रधानमन्त्रीद्धारा डेमो अवलोकन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३ कार्तिक,काठमाडौं ।अमेरिकाका धनाढय व्यक्ति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ। नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै उसले सहज रुपमा सेवा दिने वातावरण बनाउन माग गरेको हो। स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको छ । स्रोतका अनुसार उनीहरुले कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुति दिएका हुन् । स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डिरेक्टर रेबेका स्किल हन्टरसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर कम्पनीको सेवा, प्राविधिक पक्ष, बजार रणनीति, नेपाल प्रवेशको योजना र साइबर तथा तथ्यांकीय सुरक्षाका पक्षहरुमा विधि खाले प...
‘एसक्यूसी’ को १८औं सम्मेलन हुँदै

‘एसक्यूसी’ को १८औं सम्मेलन हुँदै

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
२३ कार्तिक,काठमाडौं।स्कुले विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम ‘विद्यार्थी गुणीय चक्र’ (एसक्यूसी) को १८औं राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । २४ कार्तिक देखि २६ कात्तिकसम्म काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर माविमा उक्त सम्मेलन हुने आयोजक क्वेस्ट नेपालले जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपालका ७४ विद्यालयका ५ सयभन्दा बढी विद्यार्थी, १ सय पर्यवेक्षक, श्रीलंकाबाट अन्तर्राष्ट्रिय पर्यवेक्षक,शिक्षक, प्राध्यापक,शिक्षाविद् लगायत सहभागी हुने आयोजकले जानकारी गराएको हो। सम्मेलनमा ४ देखि १० कक्षाका विद्यार्थी सहभागी हुने र बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुदैछ ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
२३ कार्तिक,काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।  स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।  ...