ताजा अपडेट

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-२, समाचार
२३ कात्तिक, काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा बस र इलेक्ट्रिक हायस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान करिब ३ बजेको समयमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हायस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा हायस बसमा सवार तीन पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०÷४२ का राज बहादुर गुरुङको मात्र सनाखत हुन सकेको छ । फोटो स्रोत :अनलाइन खबर...
दोलखामा भूकम्पको धक्का

दोलखामा भूकम्पको धक्का

ताजा अपडेट, ब्यानर-१, समाचार
२३ कात्तिक, काठमाडौं । दोलखामा बिहीबार बेलुका ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामासमेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने एकिन विवरण भने आइसकेको छैन ।...
नेपालमा दर्ता भयो टिकटक,‘भाइबर’ र ‘वी टक’पनि दर्ता,अन्य दर्ताको प्रकृयामा

नेपालमा दर्ता भयो टिकटक,‘भाइबर’ र ‘वी टक’पनि दर्ता,अन्य दर्ताको प्रकृयामा

जीवनशैली, ताजा अपडेट, मनोरन्जन, समाचार
२२ कार्तिक,काठमाडौं।सामाजिक सञ्चाल ‘टिकटक’ नेपालमा आधिकारिक रुपमै दर्ता भएको छ। मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रूपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको हो।सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने,व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ। मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो। मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मङ्गलबार टिकटक प्लेटर्फम विधिवत रूपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिइन्।...
फोहोरबाट मोहोर कमाउँदै मध्यविन्दु नगरपालिका

फोहोरबाट मोहोर कमाउँदै मध्यविन्दु नगरपालिका

कृषि, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
२२ कार्तिक,नवलपरासी।नवलपरासी (बर्दघाट –सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले फोहोरलाई मोहोर बनाउन शुरु गरेको छ। पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो। पालिकामा स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाकाले जनाएको छ। नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार प्रतिकिलोग्राम रु २२ मा बिक्री सुरु गरिएको छ।नगरपालिकाको सरसफाइ कार्ड लिनेका लागि भने एक सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो रु पाँच छुट प्रदान गर्ने नियम बनाइएको छ। उत्पादित मल चोरमारामा रहेको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ।सो नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नाइट्रोजन, फस्फोरस र पोटासियमलगायत अन्य तत्वको मापदण्ड तो...
आज छठको मुख्य दिन,अस्ताउँदो सूर्यको पूजा गरिँदै,देशभर सार्वजनिक बिदा

आज छठको मुख्य दिन,अस्ताउँदो सूर्यको पूजा गरिँदै,देशभर सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२२ कात्तिक,काठमाडौं ।सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् ।आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ। छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।यतिबेला काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छाएको छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।  वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ ।  विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् ।राजधानीसँगै अन...
‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
२२ कार्तिक,काठमाडौं ।क्यूएफएक्सले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’ घोषणा गरेको छ। बुधबार क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सुपरहिट घोषणा गरेको हो।क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाका अनुसार एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ। एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई सुपरहिट र तीन दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई बल्कबस्टर घोषणा गर्ने प्रावधान बनाएको उनको भनाई छ।तर उक्त चलचित्रले डेढ करोडभन्दा माथि कलेक्सन गरेको हुनसक्ने आँकलन गरिएको जनाइएको  छ। सरोज पौडेलले निर्देशन गरेको उक्त चलचित्रमा  विजय बराल मुख्य भूमिकामा छन्।विजय बरालसँगै प्रकाश सपूत,मुकुन भुसाल,अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ। महेश दवाडीले संवाद लेखेको सो चलचित्रका निर्माता विनोद पौड...
कांग्रेसले तोक्यो उपनिर्वाचनका प्रादेशिक कमान्डर(सूचिसहित)

कांग्रेसले तोक्यो उपनिर्वाचनका प्रादेशिक कमान्डर(सूचिसहित)

ताजा अपडेट, राजनीति, समाचार
२२ कार्तिक,काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि प्रदेश,जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक,समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । बुधबार नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ को बैठकले नेताहरूको जिम्मेवारी निर्धारण गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। मुख्यसचिव पौडेलका अनुसार बैठकले महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, डा. प्रकाशशरण महत,पुष्पा भुसाल,मीन विश्वकर्मा र मधु आचार्य,एनपी साउद लगायतलाई प्रादेशिक कमान्डर तोकेको छ । क–कसलाई कुन प्रदेशको जिम्मेवारी ? १) महालक्ष्मी उपाध्याय ‘डिना’ – बागमती प्रदेश २) भीष्मराज आङ्दम्बे – कोशी प्रदेश ३) महेन्द्र यादव – मधेश प्रदेश ४) जीवन परियार – कर्णाली प्रदेश एवं गण्डकी प्रदेश ५) प...
कोप–२९ मा उठाउनुपर्ने विषयबारे राष्ट्रपति पौडेललाई समितिको सुझाब

कोप–२९ मा उठाउनुपर्ने विषयबारे राष्ट्रपति पौडेललाई समितिको सुझाब

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
२२ कार्तिक,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयबारे सुझाब दिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई भेटी सो समितिले जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको जोखिमका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने विषयहरू प्रस्तुत गरेको छ । कोप–२९  यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुँदैछ ।...
स्थानीय तहका यी ४४ पदमा हुँदैछ उपनिर्वाचन,थपिए ५ पद

स्थानीय तहका यी ४४ पदमा हुँदैछ उपनिर्वाचन,थपिए ५ पद

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
२१ कार्तिक,काठमाडौं।आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुदै छ ।यी ४४ पदमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले पनि व्यवस्थित तयारी गरिरहेको जनाएको छ । यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको आयोगले जनाएको छ। ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले राजीनामा दिएसँगै आयोगको कात्तिक ११ गतेको निर्णयबाट उपनिर्वाचन गर्ने निर्णय भएको छ । सोही मितिमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा पनि अध्यक्ष पदमा उपनिर्वाचन गर्ने निर्णय भएको छ । सो वडाका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष, रुकुम (पूर्वभाग) स्थित पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ।ती स्थानी...
एमालेले बोलायो सचिवालय बैठक,उपनिर्वाचनका विषयमा बृहत छलफल हुने

एमालेले बोलायो सचिवालय बैठक,उपनिर्वाचनका विषयमा बृहत छलफल हुने

ताजा अपडेट, राजनीति, समाचार
मनिषा गुरुङ २१ कार्तिक,काठमाडौं ।नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाएको एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राइले बताए। मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नं १६ को १० औं पूर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज राईले सो बारे जानकारी गराएका हुन्। सो सचिवालय बैठकमा स्थानीय तहको उपनिर्वाचन,सिफारिस उम्मेदवारको नामावलीको छिनोफानो लगायत,समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएको एमाले १६ नं वडा कामिटीका अध्यक्ष जयप्रकाश श्रेष्ठले जानकारी दिए । एमाले १६ नं वडा कमिटीले कामपा १६ को वडा अध्यक्षका लागि लक्ष्मीरत्न तुलाधरको एकल नाम सर्वसम्मले सिफारिस गरि नगर कमिटीमा पेश गरिसकेको पनि अध्यक्ष श्रेष्ठले बताए ।  ...