ताजा अपडेट

अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्नु नपर्ने

अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्नु नपर्ने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२१ कार्तिक,काठमाडौं।सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा अनिवार्य आवश्यक पर्ने ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी) लाई सहज र छरितो बनाउने भएको छ। यसका लागि नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै बैंक तथा वित्तीय संस्थाले लिन सक्ने गरी व्यवस्था हुन लागेको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार हालै जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली,२०८१’ मा यस्तो व्यवस्था गर्न लागिएको हो। उक्त नियमावलीको नियम ३ मा ‘विद्युतीय माध्यमबाट ग्राहक पहिचान गर्न सक्ने’ व्यवस्था थपिएको छ।उक्त व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाले ग्राहकको व्यक्तिगत विवरण नेपाल सरकारको डिजिटल अभिलेखबाट तानेर हेर्न सक्नेछन्।त्यसका लागि व्यक्तिले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्ने उनको भनाई छ। अहिले बैंक तथा वित्तीय...
चक्रपाणि कथा प्रतियोगितामा जाजरकोटका शिवराज प्रथम

चक्रपाणि कथा प्रतियोगितामा जाजरकोटका शिवराज प्रथम

कला, ताजा अपडेट, ब्यानर-२, समाचार, साहित्य
२१ कार्तिक,काठमाडौं।चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०८१ मा जाजरकोटका शिवराज शाही ठकुरी प्रथम भएका छन्।उनको ‘सन्तानको फोटो’ कथाले प्रथम स्थान हासिल गर्न सफल बनाएको हो। मंगलबार चक्रपाणि स्मारक प्रतिष्ठानले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणि स्मारकस्थलमा आयोजना गरेको उत्कृष्ट कथा पुरस्कार समारोहमा कथाकार ठकुरीको सो कथाले उत्कृष्ट कथाको पुरस्कार प्राप्त गर्न सफल भएको प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले जानकारी दिए। यसैगरि प्रतियोगितामा मध्यपुरथिमि नगरपालिका–१ लोहकिल्थली भक्तपुरका मनिषकुमार शर्मा ‘समित’ को ‘मैले नभित्र्याएकी बुहारी’ले दोस्रो र रुपक अलंकारको कथा ‘बङ्गाली बाबा’ले तृतीय पुरस्कार हासिल गर्न सफल भएको पनि उनले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने कथाका लागि ३० हजार,दोस्रो हुने कथाका लागि २० हजार र तेस्रो हुने कथाका लागि १० हजार नगद...
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१ कार्तिक,काठमाडौं। हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । तर कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। महाशाखाका अनुसार उता राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुइ स्थानमा पनि मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै भोलि बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको...

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका भेटघाट बन्द

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२० कार्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यक बाहेकका कुनै पनि भेटघाट बन्द गरिएको छ । ज्वरोका कारण प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएको छ । हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।...
रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२० कार्तिक पोखरा ।सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । कात्तिक २ गते  पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो ।  दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।...
एमाले काठमाडौं १६ नं वडा अध्यक्षमा तुलाधर सर्वसम्मतिले सिफारिस

एमाले काठमाडौं १६ नं वडा अध्यक्षमा तुलाधर सर्वसम्मतिले सिफारिस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
मनिषा गुरुङ २० कार्तिक,काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं १६ को वडा अध्यक्ष पदको लागि एमाले १६ नं वडा कमिटीले लक्ष्मीरत्न तुलाधरलाई सिफारिस गरेको छ । आज मंगलबार पार्टीकार्यालयमा बसेको वडा कमिटीको १० औं पूर्ण बैठकले आगामि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तुलाधरलाई सर्वसम्मत रुपले उम्मेदवार सिफारिस गरेको एमाले १६ नं वडा कमिटीका अध्यक्ष जयप्रकाश श्रेष्ठले जानकारी दिए ।  वडा कमिटीले आजै लिखित पत्रसहित सो सिफारिस महानगर कमिटीलाई पठाइसकेको पनि अध्यक्ष श्रेष्ठले बताए । एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठले यसबारे छलफल गर्न भोलि बुधबार बिहान ७ः३० बजे नगर कमिटीको बैठक बोलाइसकेको बताए । एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाका अनुसार यसबारे छलफल गर्न जिल्ला कमिटीले पनि भोली बुधबार नै मध्यान्ह १२ः३० बजे बैठक बोलाइसकेको बताए ।  वडा कमिटीले एकल न...
रवीजीलाई संसदीय समितिले सहकारी ठगीमा सफाइ दिएकै हो : प्रचण्ड

रवीजीलाई संसदीय समितिले सहकारी ठगीमा सफाइ दिएकै हो : प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, समाचार
२० कार्तिक,काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा संसदीय समितिले सफाइ दिएको जिकिर गरेका छन् । प्रचण्ड निवास खुमलटारमा देउसी खेल्न गएको इन्द्रेणी कलाकारहरुको टोलीसँग कुरा गर्दै उनले सरकारले प्रतिशोधपूर्वक पक्राउ गरेकोसमेत बतएका छन् ।  उक्त कुराकानीको भिडिओ युट्यूव लगायतका सामाजिक सञ्जालमा अपलोड भएको छ । प्रचण्डले आफू प्रधानमन्त्री बन्दाखेरि सबै सुरक्षा निकायहरुबाट सहकारी ठगीको विषयमा रविको संलग्नताबारे बुझेको र रविको कुनै गल्ती नरहेको रिपोर्ट सबैतिरबाट पाएपछि संसदमा उभिएर बोलेको बताएका छन् ।तस्विर स्रोत ःसामाजिक सञ्जाल प्रचण्डको भनाइ यस्तो छ :- पहिलो कुरा,म प्रधानमत्री हुँदै गर्दा रवि दुईचोटि गृहमन्त्री हुनुभो ।गृहमन्त्री हुँदा उहाँले कयौं काम नयाँ ढंगले ...
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य,आयुक्तमा विष्ट र भण्डारी  सिफारिस

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य,आयुक्तमा विष्ट र भण्डारी सिफारिस

ताजा अपडेट, ब्यानर-१, समाचार
२० कात्तिक,काठमाडौं ।राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य  सिफारिस भएका छन्। यस्तै,आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । डा.आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् ।भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन्। राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ। अब यसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ।मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।  ...
५ करोड ठगी गरेर फरार भएकी सिन्धुपाल्चोककी शाक्य कम्बोडियामा पक्राउ

५ करोड ठगी गरेर फरार भएकी सिन्धुपाल्चोककी शाक्य कम्बोडियामा पक्राउ

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२० कार्तिक,काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी सिन्धुपाल्चोककी बिनु शाक्य कम्बोडियाबाट पक्राउ परेकी छन्। सिन्धुपाल्चोक माम्खा ठेगाना भएकी शाक्य पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। कम्बोडिया सरकारको समन्वयमा पक्राउ परेकी शाक्यलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।उनीमाथि  वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनि ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप  छ । प्रहरीका अनुसार शाक्यसँगै उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो । खोजतलासका लागि इन्टरपोलका सम्पूर्ण सदस्य...
घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२० कार्तिक,काठमाडौं।स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाला सुनको मुल्य प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकिएको छ।यसअघि छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ ले घटेको छ। महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो।...