ताजा अपडेट

डिभी भर्ने समय दुई दिन थप

डिभी भर्ने समय दुई दिन थप

अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौं, १९ कार्तिक । डाइभर्सिटी भिसा (डिभी)को लागि आवेदने समय दुई दिन थप गरिएको छ । २०२६ को लागि अमेरिकाले आवेदन दिने समय दुई दिन थप गरेको हो । यसअघि ५ नोभेम्बर २०२४ सम्म तोकिएकोमा दुई दिन गप गरेर ७ नोभेम्बरसम्म आवेदन दिन सकिने जनाइएको छ। आवेदन फारम भर्दा पासपोर्ट नम्बर,पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ।एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् ।एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।   आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन ।...
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

ताजा अपडेट, ब्यानर-२, समाचार
२० कात्तिक,पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ ।राजनीतिक पूर्वाग्रह साँधेर आफ्ना सभापति पक्राउ गरेको भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ । आज लामिछानेलाई म्याद थपका लागि प्रहरीलो तेस्रोपटक अदालत उपस्थित गराउन लगेपछि कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको  छ ।  ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

ताजा अपडेट, बिशेष, समाचार
२० कात्तिक,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गते शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसाररनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको छ।करिब ८ महिना अघिदेखि नै सो कार्ययोजना बनाईएको सोही मुताबिक काम थाल्न लागिएको उनले बताएका छन् । उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको पनि बताए ।हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणको भनाई छ।विमानस्थलको धावनमार्गको क्षमता ...
रास्वपा सभापति लामिछानेसहित चार जनालाईलाई आज फेरी अदालत उपस्थित गरायो

रास्वपा सभापति लामिछानेसहित चार जनालाईलाई आज फेरी अदालत उपस्थित गरायो

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२० कात्तिक,काठमाडौं।सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ। सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका उनी छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार  तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो।न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ। लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।लामिछाने गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविव...
सुरु भयो छठ पर्व,आज नहाय खाय

सुरु भयो छठ पर्व,आज नहाय खाय

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२० कात्तिक,काठमाडौं।सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ । आज पहिलो दिन नहाय खाय मनाइँदै छ।आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने चलन छ । त्यस्तै दोस्रो दिन भोलि खरना गर्ने चलन छ । यस क्रमममा भोलि साँझ ब्रतालुले चामल,सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना गर्नेछन् ।भने,तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो ।यो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ। अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । यस दिनलाई पारन् भन्ने गरिन्छ । पारिवारिक सुख,शान्ति,समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने छठ पर्वमा प्रसादको रुपमा ठकुवा,भुसुवा, केरा,खाजा,उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि चढाउने गरिन्छ । यस अवसरमा नदी,पोखरी तथा ज...
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

ताजा अपडेट, बिशेष, समाचार
१५ कार्तिक,काठमाडौं ।आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका महाकवि देवकोटा १० वर्षको कलिलो उमेरमै कविता लेख्न सुरू गरेका थिए । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । साहित्यीक कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएका छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्न...
उपविजेता महिला फुटबल टिमलाई काठमाडौं महानगरद्धारा नगदसहित सम्मान

उपविजेता महिला फुटबल टिमलाई काठमाडौं महानगरद्धारा नगदसहित सम्मान

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
१५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरिएको छ । दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदै उपविजेता बनेको नेपाललाई थप राम्रो खेल्न हौसला प्रदान गर्दै महानगरले सम्मान गरेको जनाएको छ। काठमाडौं महानगरपालिकाले बुधबारै राती सोल्टी होटलमा एक कार्यकम गरि टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।महानगरले नेपाली टिमका खेलाडी र अफिसियल सबैलाई गरेर कूल २७ लाख ५० हजारबाट सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रममा २५ लाखको डेमो चेक प्रदान गरिएको थियो । महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतले खेलाडी र अफिसियललाई सम्मान गरेका थिए । महानगरले २३ खेलाडीर टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्...
आज दिउँसो ३ : १५ बजेसम्म नरक चतुर्दशी र त्यसपछि औँसी,कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

आज दिउँसो ३ : १५ बजेसम्म नरक चतुर्दशी र त्यसपछि औँसी,कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

ताजा अपडेट, ब्यानर-१, समाचार
१५ कार्तिक,काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज एकै दिन कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नु पर्ने भएको छ ।कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास...
एमाले कार्यालयको जग्गादान प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश

एमाले कार्यालयको जग्गादान प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३ कार्तिक,काठमाडौं ।नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् ।भवन पनि  बनाइदिने घोषणा गरेका छन् । अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै आलोचना पनि भइरहेको छ। एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए। गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् ।भवन पनि उनैले बनाइदिने घोषणा गरेका छन् ।...

ट्रेड युनियनका कारण कर्मचारीलाई कारबाही गर्न समस्या भयो : प्रमुख आयुक्त राई

ताजा अपडेट, ब्यानर-२
१३ कार्तिक,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ट्रेड युनियनका कारण कर्मचारीहरुलाई कारबाही गर्न अप्ठयारो भएको बताएका छन् । उनले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने भएपनि युनियन कारण निजामती सेवा ऐन अन्तर्गत हालसम्म सय जना कर्मचारीहरुलाई पनि कारबाही गर्न नसकिएको बताएका हुन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कारबाही गर्नसक्ने प्रावधान भएपनि कार्यालय प्रमुखले कारबाही गर्नसक्ने स्थिति नरहेको बताएका हुन् । कारबाही गरिहाले पनि ट्रेड युनियनहरुले कार्यालय प्रमुखलाई कालोमोसो दल्ने तथा भौतिक आक्रमणसम्म गर्ने स्थिति रहेका कारण कारवाही गर्ने आँट गर्न गर्न नसकेको उनको भनाइ छ । उनले भ्रष्टाचार नियन्त्रण गर...