ताजा अपडेट

कालीगण्डकी – तिनाउ डाइभर्सन अघि बढाउन परेको रिट खारेज

कालीगण्डकी – तिनाउ डाइभर्सन अघि बढाउन परेको रिट खारेज

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३ कार्तिक,स्याङ्जा ।तीन वर्षअघि सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि कालीगण्डकी –तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउने बाटो खुलेको छ । आयोजना विरुद्ध २०७८ असारमा सर्वोच्चमा दायर भएको मुद्दा खारेज भएसँगै बाटो खुलेको हो । आइतबार सर्वोच्चका न्यायाधीश डा.कुमार चुडाल र विनोद शर्माको इजलासले आयोजनाविरुद्ध परेको रिट खारेज गरेको हो ।कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयविरुद्ध तीन अधिवक्ताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा,अधिवक्ताद्वय तुलसीराम पोखरेल, अदिता कार्की र एपेक्स कन्ट्रक्सन प्रालिले यो आयोजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।आयोजना रोक्न तथा यो नदीबाट गिट्टीढुंगा, बालुवा निकाल्न रोक लगाउन माग गरेको निवेदनमा केही निर्देशनसहितको आदेश आए पनि पूर्ण विवरण...

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, विचार, समाचार
१२ कार्तिक,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन्। आइतबार गैरआवासीय नेपाली दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण तिब्र विकासले सबै काम काज सम्भव भएको बतए।“नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनिसकेका छन्।अहिले दुर्गम भन्ने कुनै जिल्ला र भू–भाग छैन।सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ” उनले भने। गैरआवासीय नेपाली सङ्घले आफ्नो गरिमा र छवीलाई उच्च राख्दै एकताबद्ध भएर साझा हितका लागि काम गर्नु जरुरी रहेको आवश्यकता औंल्याउँदै उनले सरकारका तर्फबाट काम गर्ने विषयम कुनै हस्तक्षेप र रोकावट हुँदैन,बरु राम्रा काममा सहयोग गर्ने बताए । उनले भने, “सरकारका तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप हुँदैन, निष्पक्ष भई स्वतन्त्र रुपमा काम गर्...

यी तीनवटा सरकारी अस्पतालमा अब बालबालिकाको क्यान्सर उपचार निःशुल्क

ताजा अपडेट, ब्यानर-२, विचार, समाचार, स्वास्थ्य
१२ कात्तिक, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री पौडेलले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा सो सेवा निःशुल्क गर्ने निर्णय मन्त्रीस्तरीय निर्णया गरेका हुन् ।सो व्यवस्था मंसिर १ गतेबाट लागु गरिने व्यवस्था मिलाइएको उनले बताएका छन् । विरामी बालबालिकाको पारिवारिक आर्थिक अभावका कारण अकालमा मृत्यु नहोस् र समयमै उपचार गरेर ज्यान बचाउन सकियोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताएका छन् ।उनले भनेका छन् — समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं ।...
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिए

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिए

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
११ कात्तिक,काठमाडौं।आगामी १६ मंसिरमा हुने  उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिएका छन् ।  उपनिर्वाचनका लागि न्याय परिषदले तत् जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको थियो । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।साथै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । हेर्नुहोस् सिफारिस नामावली विवरण—ः  ...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै,आन्दोलनको स्वरूपबारे छलफल हुने

ताजा अपडेट, राजनीति, समाचार
१० कात्तिक,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाको) केन्द्रीय समिति बैठक बस्दै छ।हिजो शुक्रबार बसेको केन्द्रीय समितिको अनौपचारिक छलफलबाट आज शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार आज बैठक बोलाइएको रास्वपाले जनाएको छ। आज दिउँसो १ बजे बनस्थिलिस्थित पार्टी केन्द्रीय कार्यालयमा सो समितिको बैठक बस्न लागेको कार्यवहाक प्रवक्ता मनिष झाले बताएका छन् ।बैठकमा समसामयिक राजनीतिक गतिविधि,आगामी कार्यदेश र विविध विषयमा छलफल हुनुका साथै आन्दोलनको कार्यक्रमको स्वरूप बारे छलफल हुने र विवरण सार्वजनिक गर्ने रास्वपाले जनाएको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौंको माइतीघर क्षेत्रमा पनि प्रदर्शन गरेको थियो।  ...

इन्टरपोलबाट रेड नोटिस जारी भएका आचार्य र शाक्य कम्बोडियामा पक्राउ आचार्यलाई नेपाल फिर्ता ल्याइयो

अपराध, ताजा अपडेट, समाचार
१० कात्तिक,काठमाडौं ।अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका दुईजना कम्बोडियामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० घर भएका सुजन आचार्य र बिनु शाक्य छन्। प्रहरी प्रधान कार्यालयले जनाएनुसार इन्टरपोलको समन्वयमा सुजन आचार्यलाई शुक्रबार नेपाल फिर्ता ल्याएको छ।विरुद्धमा २०८० माघ १९ मा रेड नोटिस जारी भएका उनले वैदेशिक रोजगारीमा सिंगापुर पठाउँछु भनेर ४० जनाबाट ५ करोड २ लाख असुलेको प्रहरीको अनुसन्धानको निष्कर्ष रहेको प्रहरीले जनाएको छ। आचार्यविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोबार सम्बन्धी कसुर र प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा विचाराधीन छ।आचार्यलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान थालिएको छ। आचार्य यसअघि प्रहरीसँग मिलेर हिरा लुटेको घटनामा जेल परेरसमेत छुटेका व्यक्ति हुन...
माओवादीले प्रचण्डको नेतृत्वका काठमाडौंमा खबरदारी सभा गर्दै

माओवादीले प्रचण्डको नेतृत्वका काठमाडौंमा खबरदारी सभा गर्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१० कात्तिक,काठमाडौं ।नेकपा माओवादी केन्द्रले खबरदारी सभा गर्दैछ ।सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज खबरदारी सभा गर्न लागेको माओवादी केन्द्रले जनाएको छ। विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता,गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी,राहत वितरण,घाइतेहरुको उपचार,अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न,आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्नु परेको सो केन्द्रको भनाई छ। राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न,राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ।सभा  भृकुटी...
कोप–२९ मा जलवायु वित्तमा सहज पहुँचमा ‘लभिङ’को तयारी,यस्ता छन् एजेण्डा

कोप–२९ मा जलवायु वित्तमा सहज पहुँचमा ‘लभिङ’को तयारी,यस्ता छन् एजेण्डा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१० कात्तिक, काठमाडौं।वन तथा वातावरण मन्त्रालयले विज्ञ तथा सरोकारवालाको आगामी कोपमा प्रस्तुत गर्ने एजेन्डा र भूमिकालगायत विषयमा आयोजित तीनदिने गोष्ठी शुक्रबार सम्पन्न गरेको छ । आगामी नोभेम्बर ११ देखि २२ तारिख  अर्थात यही कात्तिक २६ देखि मङ्सिर ७ गते सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप –२९) मा प्रस्तुत गरिने एजेन्डामाथि छलफल गरिएको छ। यी हुन् मुख्य एजेन्डा :- जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि सरकारले मुख्य छ ओटा एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालिरहेको छ।वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.बुद्धिसागर पौडेलका अनुसार जलवायु वित्त,जलवायुजन्य हानि–नोक्सानी,न्यूनीकरण कार्बन व्यापार,उत्सर्जन मापन,पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि,जलवा...
सत्तारुढ दलहरुको सन्देश : एकताबद्ध सरकार, विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाइने

सत्तारुढ दलहरुको सन्देश : एकताबद्ध सरकार, विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाइने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१० कात्तिक,काठमाडौं।सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएलगत्तै सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । हिजो शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकको निर्णय र तत् पश्चात सार्वजनिक गरिएको सातबुँदे संयुक्त वक्तव्यको भूमिकामा भनिएको छ — सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो ।मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउने कुरा उल्लेख छ । बैठकमा सहभागि प्रमुख सत्ताधारी पार्टी नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भने, ‘नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर्थन जनाउने निर्णय बैठकमा भयो।’ ‘सात दलले सरकारले गरेको राम्रा कामहरुको समर्थनसँगै गर्न खो...
मर्यादित भएर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

मर्यादित भएर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९ कार्तिक,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । कार्यालयद्धारा  बिहिबार जारी सूचना मा चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरिएको छ । कानुन विपरीत जुवातास खेल्ने , भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण लगायतका कार्य नगर्न र नगराउन पनि कार्यालयले अनुरोध गरेको छ । “कानुनले निषेध गरेका गतिविधि गरेरगराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको...