ताजा अपडेट

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति,सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

अपराध, ताजा अपडेट, बिशेष, समाचार
८ कार्तिक पोखरा ।सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो । कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालते ६ दिन म्याद थपेको थियो ।साथै सभापति लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएर प्रहरीले २ कात्तिकमा लामिछानेलाई पक्राउ गरेको थियो । बिहीबार म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपिएको हो । आफूमाथि सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान ...

रक्षक नै भक्षक : बालिका बलात्कारको आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
८ कार्तिक,काठमाडौं । बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई जना सशस्त्र प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । गत असोज २४ गते दशैंको पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप उनीहरुमाथी लागेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।    ...

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२को ‘इन्ड पोलियो नाउ’ अभियान : विश्व पोलियो दिवसमा सातै प्रदेशमा र्‍याली

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ८ कात्तिक,काठमाडौं ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटान अन्तर्गतको रोटरी नेपालले विश्व पोलियो दिवसको अवसरमा देशका सातै प्रदेशमा एकै समयमा सचेतना र्‍याली निकालेको छ। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको रोटरी डिष्ट्रिक्ट पब्लिक इमेज कमिटिको आयोजनामा ‘इन्ड पोलियो नाउ’ अभियान अन्तर्गत विश्व पोलियो दिवस अक्टोर २४ का दिन आज बिहिवार पोलियो सम्बन्धी सचेतना र्‍याली निकालिएको हो । यस अवसरमा र्‍यालीसँगै देशका सातै प्रदेशबाट साइकल र्‍याली,म्याराथन लगायत विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको रोटरी नेपालका वर्ष २०२४÷२०२५का डिष्ट्रक्ट पब्लिक इमेज कमिटी प्रमुख अमित गिरीले जानकारी दिए। कमिटी प्रमुख गिरीका अनुसार ललितपुरको जावलाखेलबाट शुरु भएको सो ¥याली थापाथली भद्रकाली,सहिदगेट हुँदै टुँडिखेलमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।र्...

सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमा : प्रधानमन्त्री ओली

अपराध, ताजा अपडेट, बिशेष, समाचार
कार्तिक ७,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम ठगी गर्नेहरुलाई कानुनको दायरामा ल्याउने क्रम जारी रहको बताएका छन्। बुधबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक रहेको प्रकृया जारी रहेको बताए । साथै उनले अहिले पनि यस प्रकरणमा ५सय ७५ जना जेलमा रहेको पनि जानकारी दिए ।‘आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु,सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ’, प्रधानमन्त्रीले भने । सहकारी बचत ठगी गर्नेहरुको संख्या बढिरहेको पनि प्रधानमन्त्रीले बताए । ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अगाडि बढेको छ,हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ,५७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्री ओलीले...
फौजदारी कार्यविधि संहिता संशोधन हुँदै छ : महान्यायाधिवक्ता बडाल

फौजदारी कार्यविधि संहिता संशोधन हुँदै छ : महान्यायाधिवक्ता बडाल

ताजा अपडेट, ब्यानर-२, समाचार
कार्तिक ७,काठमाडौं।महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी हिउँदे अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश गर्ने बताएका छन्। अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेश गर्ने प्रक्रियामा अघि बढाएको उनले जानकारी दिए। बुधवार विगो निर्धारण सम्बन्धी कार्यविधि,२०८१ को प्रारम्भिक मस्यौदामाथि छलफलमा महान्यायाधिवक्ता बडालले विगो निर्धारण सम्बन्धी मुद्दामा अदालतलाई पनि मार्गनिर्देश गरोस भनेर आफूहरूले सो कार्यविधिको मस्यौदा तयार गरि प्रारम्भिक छलफल अघि बढाएको समेत बताए ।    ...

बलात्कार आरोपमा महानगर यातायातका एक चालक र सहचालक विरुद्ध मुद्दा,चालक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
७ कात्तिक,काठमाडौं ।बलात्कार आरोपमा बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला छन् । रौतटहको चन्द्रनगर नगरपालिका–२ घर भएका २७ वर्षीय सहचालक आकाश भनिने बुद्धिमान तामाङ भने फरार रहेको बताइएको छ । एक महिना अघि ९ असोजमा ग्वार्कोबाट कलंकी जान  बस चढेकी महिलालाई कलंकीमा झर्न नदिई साँझ करिब ६ बजेतिर नयाँ बसपार्क पुर्‍याइएको र नयाँ बसपार्कमा आइसकेपछि सबै यात्रुलाई झर्न दिएर आफूँलाई भने झर्न चालक ,सहचालकले झर्न नदिई ढोका लगाएको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । साथै पीडित युवतीले नयाँ बसपार्कमा पु¥याएर उनीहरुले जुस खान दिएको र त्यसपछि झुम्म भएर आफूले केही थाहा नपाएको समेत उल्लेख गरेकी छन् । राति ११ बजेतिर ब्यूँझदा बसपार्कको गुरुमा होटलको कोठा नम्बर १०९ मा आफ...
विपद् कोषमा जम्मा भयो १ अर्ब ८१ करोड रकम,२२ लाख ब्याज आउने

विपद् कोषमा जम्मा भयो १ अर्ब ८१ करोड रकम,२२ लाख ब्याज आउने

अर्थतन्त्र, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, समाचार
७ कार्तिक,काठमाडौं।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोषमा सो रकम जम्मा भएको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रुपमा रकम जम्मा भएको हो। कोषका अनुसार विभिन्न ६३ वटा संघ संस्थाले उक्त रकम दिएको उल्लेख छ।यो रकम कोषमा २०८१ साल असार मसान्तसम्म मौज्जाद रहेको एक अर्ब ५६ करोड ९८ लाख ९८ हजार रकमसहित भएको उल्लेख गरिएको छ ।उक्त रकमको ब्याज २२ लाख २२ हजार ६ सय ४ रुपैयाँ पनि जोडिएको पनि जनाइएको छ। गत असोज ११ गते र १२ गते आएको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभर २६ अर्ब भन्दा बढीको क्षति भएको छ। २ सय ५० भन्दा बढीले ज्यान गुमाएका छन्। भत्किएको बीपी राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन। कसले कति रकम दिए त ? विवरणसहित  ...

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले दिए जाहेरी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७ कार्तिक,काठमाडौं ।अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सहकारी ठगी प्रकरणमा सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् । सफलले दुई जना उपसभापतिसहित रास्वपाका नेता विराजभक्त श्रेष्ठ,संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार,पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल,गणेश पराजुली,मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको जनाएका छन् । उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोह सम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुरका कारण उक्त कसुर...

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७ कार्तिक,काठमाडौं । हालसम्म पनि देशभर पश्चिमी वायुको केही प्रभाव कायमै  छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भने चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । उता राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।  ...
रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं ।रोटरी डिष्ट्रिक्ट ३२९२ ले यहि आउँदो अक्टोर २४ तारिख अर्थात कार्तिक ८ गते बिहिबारका दिन काठमाडौं उपत्यकासहित सात वटै प्रदेशमा END POLIO NOW विशेष अभियान सञ्चालन गर्ने भएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको डिष्ट्रिक्ट पब्लिक इमेज कमिटले सोमबार काठमाडौंको थापाथलि स्थित रोटरी नेपालको कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरेर सो अभियान बारे जानकारी गराएको हो । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटानका रोटरी वर्ष २०२४–०२५का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनका अनुसार रोटरीले अक्टोर २४ लाई पोलियो दिवसको रुपमा मनाउँदै आइरहेको छ।  सो पत्रकार सम्मेलनमा गभर्नरर शेरचनले निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था रोटरीले विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको पनि  बताए ।...