पार्टी केन्द्रीय भवन दानमा फरक मत राखेका नेतालाई स्पष्टीकरणमा के सोधियो ?(स्पष्टीकरण पत्रसहित
६ कार्तिक काठमाडौं।पार्टी केन्द्रीय भवन दानमा फरक मत राखेका पार्टीका तीन नेतालाई नेकपा एमालेले ७ दिने स्पष्टीकरण सोधेको छ ।
एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई स्पष्टीकरण सोधेको हो ।
एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे ,केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र सधैं फरक मत राख्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई समेत स्पष्टीकरण सोधेको जनाएको छ ।
उनीहरूलाई केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गर्दै स्पष्टीकरण सोधिएको एमालेका एक नेताले बताए ।
यस्तो छ — स्पष्टीकरण पत्र :-
२०७२ सालको महाभूकम्पका कारण हाम्रो पार्टीको बल्खुस्थित केन्द्रीय कार्यालय भवन पूर्णरूपमा क्षति भएपश्चात् विभिन्न ठाउँमा पार्टी कार्यालय भाडामा सञ्चालन गर्दै आएकोमा पछिल्लो समय च्यासलास्थित तुलसील...





