ताजा अपडेट

सातदोबाटोमा गुडिरहेको महानगर यातायातको बसमा आगलागी

सातदोबाटोमा गुडिरहेको महानगर यातायातको बसमा आगलागी

ताजा अपडेट, बिशेष, समाचार
३ कात्तिक, काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ । शनिबार अपरान्ह ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिएका छन् । साथै उनले आगलागीको कारण नखुलेको बताए। चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको र बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए । सबै यात्रुहरु सुरक्षित रहेको ट्राफिक प्रहरी इन्सपेक्टर गिरीले बताए ।...
आज एमालेको सचिवालय बैठक बस्दै

आज एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
४ कार्तिक,काठमाडौं ।सत्तारूढ दल नेकपा एमालेको आज सचिवालय बैठक बस्ने भएको छ । आज आइतबार अपराह्न ५ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । उपाध्यक्ष पौडेलका अनुसार सो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तयारी छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बृहत छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले जानकारी दिएका छन् । फोटो स्रोत : सविन भण्डारी...

रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा पेस गरिने

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२
४ कार्तिक,काठमाडौं ।सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतबार अदालत पेस गरिने भएको छ।  शुक्रबार साँझ पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र उनलाई अदालत पेस गरिने भएको हो। उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक रहेका कारण लामिछाने पक्राउ परेका हुन् ।संसदीय छ...
ट्रायल पास गर्ने वित्तिकै अब मोबाइलमा लाइसेन्स प्राप्त भइहाल्ने

ट्रायल पास गर्ने वित्तिकै अब मोबाइलमा लाइसेन्स प्राप्त भइहाल्ने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
४ कार्तिक,काठमाडौं ।सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ। सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो। आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका हुन् । लाइसेन्स छपाइ नहुँदा परेको समस्याको अन्त्य भएको चर्चा गर्दै उनले लेखेका थिए, ‘भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ ।कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्ने छ भन्ने हाम...
हेटौँडा सिमेन्ट उद्योगबाट तीन हप्ताका लागि उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगबाट तीन हप्ताका लागि उत्पादन बन्द

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३ कार्तिक,मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका लागि उत्पादन बन्द गरेको छ । क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले आजदेखि उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले सगरमाथाप्रेसलाई बताए। उनले भने ,“उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं”। महाप्रबन्धक पाण्डेका अनुसार अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको छ ।हाल यस उद्योगमा प्रशासन,भण्डारण,बजार व्यवस्थापन, चुनढुङ्गा खानी र मजदुर कर्मचारीलगायत एक सय ८० जनाले प्रत्यक्ष रोजगारी ...
पक्राउ परेका  सभापति लामिछानेको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण हुँदै

पक्राउ परेका सभापति लामिछानेको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण हुँदै

अपराध, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३ कार्तिक,काठमाडौं ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पु–याइएको  छ। शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय पु–याइएको  प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पु–याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने बताइएको छ। सभापति लामिछानेलाई ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाका नेता कार्यकर्ताले चर्को विरोध गरेका थिए ।उनीहरुले प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाएका थिए ।...

आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३ कार्तिक,काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको समेत थोरै प्रभाव बाँकी रहेको छ ।जसको प्रभावले कोशी,बागमती,गण्डकी,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। अहिले पनि कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उता आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। त्यस्तै आज राति पनि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।...
सहकारी ठगी प्रकरणमा रविसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी,लामिछाने पक्राउ

सहकारी ठगी प्रकरणमा रविसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी,लामिछाने पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२ कात्तिक,काठमाडौं ।सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी गरेको हो ।जसमा लामिछानेसँगै विशाल तामाङ,नवीन अछामी,रविना रिमाल,असरफ अली सिद्दिकी,दीपक लामा,अनन्त बाबु राई,रामबहादुर खनाल छन् । यस्तै देवेन्द्रबाबु राई,विज्ञान राई, ओमप्रकाश गुरुङ,वीरबहादुर रानाभाट, दीपा न्यौपाने,कल्पना कुमारी श्रेष्ठ पनि छन् । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।यसअघि छविलाल जोशी,जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ । यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री ...

रविलाई एमालेका केन्द्रिय सदस्य रिजालको जवाफ : ‘सरकार मरेको होइन,सक्रिय भएको हो’

ताजा अपडेट, राजनीति, समाचार
२ कार्तिक, काठमाडौं।नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन्। कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’त्यसको काउन्टर जवाफ दिँदै रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् । रिमालले समेत फेसबुकबाटै जवाफ लेख्दै भनेका छन्,रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुखको।कानुनले आफ्नो बाटो लिन्छ,लिनुपर्छ। रवि पक्राउ पर्दा के आकाश खस्छ भनेर उनले प्रश्न समेत गरेका छन्।उनले कानुनलाई सघाउन र ६५ करोडबारे जवाफ खोज्न अदालतल...
पक्राउ पूर्जीपछि रविको आक्रामक स्टाटस : दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?

पक्राउ पूर्जीपछि रविको आक्रामक स्टाटस : दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२ कार्तिक,काठमाडौं ।आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आक्रामक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध  आक्रामक स्टाटस लेखेका छन् ।  हेर्नुस रविको स्टाटसः तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने रु तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?यति गरेपछि भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हि...