ताजा अपडेट

रविका पार्टनर छविलाल जोशीमाथि तेस्रो पटक म्याद थप,थप २० दिन हिरासतमा राख्न अदालतको आदेश

रविका पार्टनर छविलाल जोशीमाथि तेस्रो पटक म्याद थप,थप २० दिन हिरासतमा राख्न अदालतको आदेश

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२ कार्तिक काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेका तत्कालीन ‘बिजनेस पार्टनर’ प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप २० दिन हिरासतमा राख्न आदेश दिएको छ । शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरेको हो । दशैका कारण अदालत बन्द भएपछि १७ गतेदेखि नै उनको म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी  जोशीलाई अहिले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।  ...
रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी,पक्राउ गरेर कास्की लैजाने तयारी

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी,पक्राउ गरेर कास्की लैजाने तयारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२ कार्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । आज शुक्रबार कास्की प्रहरी प्रमुख रविलाई पक्राउ पूर्जि दिन जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित भएका थिए । सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी भएको जनाइएको छ ।...

पुनर्निर्माणका काममा तीनै तहका सरकार मिलेर लाग्नुपर्छ : प्रधानमन्त्री ओली

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई ठुलो विपद्को संज्ञा दिंदै तीनै तहका सरकार राहत वितरण र पुनःनिर्माणका काममा  जुट्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा आज शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोज,उद्धार,राहत र पुनर्निर्माणका लागि गम्भीरताका साथ काम गर्नु पर्ने कुरामा जोड दिंदै सोही अनुसार सरकारले काम गरिरहेको पनि बताए । “अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ।तीनै तहका सरकारबाट समन्वयतात्मक रुपमा काम गर्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भने, “कसरी जनतालाई छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्...
सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२ कात्तिक,काठमाडौं ।महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । स्वास्थ्य स्वयंसेविकाहरू न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघसँग मन्त्री पौडेलले उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।यसमा यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भएपछि मन्त्रालयमा शुक्रबार यस सम्बन्धमा समझदारी भएको हो । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले १५ कात्तिकदेखि यस्तो व्यवस्था लागु गर्न मन्त्री पौडेलले गरेको आग्रहमा सहमति जनाएका छन् ।‘महिला स्वास्थ्य स्व...
हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

ताजा अपडेट, बिशेष, समाचार
२ कात्तिक,काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको प्राधिकरणको भनाई छ।मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो। मनसुनको समयमा जतिबेला पनि मौसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भन्दै प्राधिकरणले हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको थियो। त्यस्तै प्राधिकरणले हेलिकप्टर उडानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै अनुमति दिने व्यवस्था पनि गरेको छ।‘नर्मल कार्गो’ तथा प्यासेन्जर उडान र उपत्यकाभित्र हुने उडानको अनुमति त्...
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जना पक्राउ

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२ कात्तिक,काठमाडौं ।१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी,बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया रहेका छन् । त्यस्तै सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा,सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकाया रहेका पनि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सोज २७ र २८ गते होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको थियो। बाँकेकै राप्तीसोनारी गाउँपालिकाकी बालिकामाथि बलात्कार भएको भन्दै पीडितको तर्फबाट बुधबार मात्रै इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना...
महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगको निर्देशन,३ पालिका उपप्रमुखमा महिला उम्मेदवार अनिवार्य

महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगको निर्देशन,३ पालिका उपप्रमुखमा महिला उम्मेदवार अनिवार्य

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) २ कात्तिक,काठमाडौं।निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन जारी गरेको छ। आयोगको यहि असोज ३० गते बसेको बैठकले राजनीतिक दलहरुलाई यस्ता निर्देशन दिने निर्णय गरेको आयोगद्धारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष,नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको उल्लेख गरिएको छ । आयोगका अनुसार स्थानीय तहमा ४० पद रिक्त छन् ।१ नगरपालिका प्रमुख,१ नगरपालिका उपप्रमुख,२ गाउँपालिका अध्...

आजको मौसम : यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३० असोज,काठमाडौं।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव र देशका केही प्रदेशहरुक पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।जसका कारण मौसम काही बदली त काहीं समान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ।भने,कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उता राती पनि देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाईा छ। आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जना...
पेट्रोल र डिजेलको बढ्यो मूल्य

पेट्रोल र डिजेलको बढ्यो मूल्य

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३० असोज,काठमाडौं।नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तय गरेको हो। निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढेको छ।हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै छ।...
आज कोजाग्रत पूर्णिमा,बडादशैंको अन्तिम दिन,मान्यजनबाट टीका र जमरा लगाउने क्रम आजसम्म मात्र

आज कोजाग्रत पूर्णिमा,बडादशैंको अन्तिम दिन,मान्यजनबाट टीका र जमरा लगाउने क्रम आजसम्म मात्र

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३० असोज,काठमाडौं  आज कोजाग्रत पूर्णिमा,बडादशैंको अन्तिम दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज आश्विन शुक्लपक्षको केही पला चतुर्दशी र पूर्णिमा पनि परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन पनि हो। सूर्योदय कालमा चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा र दशैंको नवदुर्गाको प्रसादस्वरुप टीका जमरा लगाउने अन्तिम दिन भएको समितिले जनाएको छ । बिहान जुन ३४ घडी १७ पला अर्थात् साँझ ७ बजेर ४८ बजेसम्म चतुर्दशी रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी  १४ पला अर्थात् अपराह्न ५ बजेर २३ मिनेटसम्म पूर्णिमा रहन्छ। समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो । मान्यजन टाढ...