ताजा अपडेट

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२८ असोज,काठमाडौं ।हाल देशमा अझै पनि पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ ।जसका कारण केही प्रदेशमा मौसम बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी,सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशमा उक्त वायुको अझै पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी,बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।उता रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। यस्तै भोली मङ्गलबार दिउँसो र राती पनि कोशी,बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाड...
आज पापाङ्कुशा एकादशी व्रत गरिँदै

आज पापाङ्कुशा एकादशी व्रत गरिँदै

जीवनशैली, ताजा अपडेट, ब्यानर-१
२७ असोज,काठमाडौ‌ ।आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी व्रत गरिँदै छ । शास्त्रीय मान्यतानुसार यस एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विश्वास गरिन्छ। पाङ्कुशेति विख्याता सर्वपापहरा परा’ भनेर यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेका लक्ष्मीनारायण भगवानको पूजा–अर्चना गर्ने चलन छ। यस एकादशीले स्वर्ग,मोक्ष,आरोग्यता,अन्न,धन आदि प्रदान गर्दछ भन्ने विश्वासले पनि यो व्रत गर्ने गरेको पाइन्छ । यस एकादशीको व्रत गर्नाले गङ्गा,गया,काशी,कुरुक्षेत्र जस्ता तीर्थहरुको दर्शन गरेर भन्दा बढी पुण्य मिल्ने धार्मिक मान्यता रहिआएको छ।हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ। यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ।कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले ...
राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त

ताजा अपडेट, समाचार
२६ असोज,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका,जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै दसैँको अवसरमा मुलुकमा स्थायित्व,सुशासन र समृद्धिको कामना गरेका हुन्। “विजया दशमी,२०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, नीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । साथै विजया दशमी २०८१ को अवसरमा दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिन...
कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

ताजा अपडेट, राजनीति, समाचार
२६ असोज,काठमाडौं ।नेकपा (एमाले)को केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ। शुक्रबार मध्यान्ह १२ : २५ बजेको शुभ साइतमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए। एमालेका महासचिव शंकर पोखरेलका अनुसार भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने भएको हो। एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागेको उनको भनाई छ। उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर अर्का वर्षको दशैंको घटस्थापनाका दिन सर्ने पनि एमालेको योजना रहेको महासचिव पोखरेलले बताए।...
दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

ताजा अपडेट, ब्यानर-२, समाचार
२६ असोज,काठमाडौं।बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउँदा टीका थाप्ने पूर्वपट्टि फर्के र बस्ने र लगाइदिने व्यक्ति पश्चिम फर्कनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन ११ बजेर ३६ मिनेटका टीकाको उत्तम साइत रहेको जनाएको छ।परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो।पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ ।सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो। दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन नभएको पनि समितिले उल्लेख गरेको छ। सुरुमा कुलदेवता,पितृदेवतालाई टीका चढाउने गरिन्छ।दुर्गा विसर्जनपछि कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता,कुलदेवतालाई सम्झेर जमरा काटिन्छ।दैलामाथि टीका लगाउने गरि...
आज विजया दशमी,मान्यजनबाट टीका,जमरा र आर्शिवाद ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदै,टीकाको साइत ११ः३६ बजे

आज विजया दशमी,मान्यजनबाट टीका,जमरा र आर्शिवाद ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदै,टीकाको साइत ११ः३६ बजे

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२६ असोज,काठमाडौं  बडादसैँ अर्थात् नवदुर्गा अर्थात दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरुप शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा र आर्शिवाद ग्रहण गरेर हर्षोल्लासका साथ मनाइँदै छ। विजया दशमीमा दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा अर्चना गरिएको जमरा र टीका प्रसादका रुपमा मान्यजनबाट ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीका प्रसाद ग्रहणको उत्तम साइत आज बिहान ११ बजेर ३६ मिनेटको समय रहेको जनाएको छ।तर विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिको भनाई छ।  समितिका अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ।राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु,मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेको छ।साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ भन्...
विश्वकप छनोट : ब्राजिलसँग चिली पराजित

विश्वकप छनोट : ब्राजिलसँग चिली पराजित

खेलकुद, ताजा अपडेट, समाचार
२५ असोज काठमाडौं ।विश्वकप फुटबल छनोट खेलअन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा ब्राजिलले चिलीलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा चिलीले २ मिनेटमै अग्रता लिएको थियो । चिलीको लागि एडुआर्डो वर्गासले खेलको दोश्रो मिनेटमा नै गोल गरे। तर,पहिलो हाफको इन्ज्युरी समयमा इगोर यसुले ब्रजिलको तर्फबाट गोल गरेपछि खेल बराबरीमा गयो । पहिलो हाफ ११ बराबरीमा सकिएपछि दोस्रो हाफको ८९ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका लुइज हेनरिकले गोल थपेर टीमलाई २–१ को जित दिलाए। जितपछि ब्राजिल ९ खेलबाट १३ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चिली समान खेलबाट ५ अंकसहित नवौं स्थानमा छ ।...
एमालेले केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्ने,आज शिलान्यास गरिदैं

एमालेले केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्ने,आज शिलान्यास गरिदैं

ताजा अपडेट, राजनीति, समाचार
सीता पौडेल (अर्चना) २५ असोज,काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कार्यालय कीर्तिपुरमा सर्ने भएको छ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढीको उच्च जोखिम भएपछि एमालेले कीर्तिपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको हो। बिहिबार दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २,स्थित कलङ्की तीनधारा क्षेत्रको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नयाँ कार्यालय भवको शिलान्यास १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो।पछि ललितपुरको च्यासल स्थित पुष्पलाल स्मृति भवनमा केन्द्रीय कार्यालय बनाएको थियो।एमालेले सो कार्यालय भाडामा लिएर सञ्चाल गदैं आएको थियो ।  उपम...
बडा दशैँ  :  आज नवरात्रिको अन्तिम दिन,महाअष्टमी र महानवमी एकैदिन

बडा दशैँ : आज नवरात्रिको अन्तिम दिन,महाअष्टमी र महानवमी एकैदिन

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२५ असोज,काठमाडौं । आज नवरात्रिको अन्तिम दिन  बडा दशैं अन्तर्गतको महाअष्टमी र महानवमी एकैदिन मनाइँदै छ। विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ  तर यस वर्ष तिथि घटबढका कारण अष्टमी र नवमी एकै दिन परेको छ । आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गरिदै छ । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ ।दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस,कुखुरा,बोका,भेडा र राँगाको पञ्चबलिसहित दुर्गा भवानीक...
बाढीपहिरोले गरेको क्षतिको मूल्यांकन गरी सरकारले स्थानीय तहमा बजेट पठाउने

बाढीपहिरोले गरेको क्षतिको मूल्यांकन गरी सरकारले स्थानीय तहमा बजेट पठाउने

अर्थतन्त्र, ताजा अपडेट, समाचार, स्थानीय, स्वास्थ्य
२३ असोज,काठमाडौं ।सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै ।क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ।’ साथै उनले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने पनि बताए ।...