सम्झनामा कृष्ण सेन ‘इच्छुक’ : २२ औं स्मृति दिवसका अवसरमा प्रभातफेरी
सीता पौडेल(अर्चना)
काठमाडौं ।पत्रकार तथा सांस्कृतिकर्मी सहिद कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।
१० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइँदै आएको प्रेस सेन्टरका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए ।
अध्यक्ष सुवेदीले भने, ‘तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेका सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आउनु भएको थियो ।सोही क्रममा उहाँलाई पुलिसले गिरफ्तार गरी एक हप्तासम्म चरम यातना दिएर हत्या गरेको थियो ।’
‘उहाँलाई २०५२ सालबाट शुरु भएको १० वर्षे जनयुद्धको समयमा २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट गिरफ्तार गरी महे...






