
मनिषा गुरुङ ६ भदौ, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा गएको ठूलो पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
तनहुँ प्रहरीका अनुसार बुधबार साँझ पहिरो जाँदा सो राजमार्गमा यातायात अवरुद्ध भएको हो।पहिरोले निर्माणाधीन अस्थायी होटलहरुको संरचनामासमेत क्षति पु¥याएको छ।
मानवीय क्षति भए नभएकोबारे भने विवरण खोज भइरहेको तनहुँ प्रहरीले बताएको छ ।
