लैङ्गिक हिंसा अन्त्य गर्न तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छ : मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक भेदभाव हटाउन सबै एकजुट हुन जरुरी रहेको भन्दै उनले यो तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको बताएका छन् ।

एसियाली विकास बैङ्कको सहयोगमा महिला मन्त्रालयले सञ्चालन गर्दै आएको महिला समुत्थान परियोजनाको शुक्रवार वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले त्यस्तो बताएका हुन् ।यसको लागि नागरिक समाज, सरकारी, गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय निकाय सबैको हातेमालो आवश्यक रहेको उनले बताए ।

‘लैङ्गिक हिंसा पीडितहरू पीडित अवस्थामै रही उही घर, उही समाज, समुदायमा रहन, बस्न र लड्न सक्ने अवस्था रहँदैन । उनीहरूलाई तत्काल उद्धार, सुरक्षा र संरक्षण आवश्यक पर्दछ । उनीहरूको पीडा बुझ्ने, उनीहरूलाई सुरक्षित महसुस गराउने पुनर्स्थापना गृह आवश्यक पर्दछ’, मन्त्री सुडीले भने ।