
१३ भदौ, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको दाबी गरेकी छन् । संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको बताइन् ।
‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, कानुन बमोजिम कुलपति र सहकुलपतिको हैसियतले आवश्यक निर्देशन दिने काम संयुक्त रुपमा गर्ने गरेको भन्दै उनले भनिन् ।
