रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

सीता पौडेल(अर्चना)

काठमाडौं ।रोटरी डिष्ट्रिक्ट ३२९२ ले यहि आउँदो अक्टोर २४ तारिख अर्थात कार्तिक ८ गते बिहिबारका दिन काठमाडौं उपत्यकासहित सात वटै प्रदेशमा END POLIO NOW विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको डिष्ट्रिक्ट पब्लिक इमेज कमिटले सोमबार काठमाडौंको थापाथलि स्थित रोटरी नेपालको कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरेर सो अभियान बारे जानकारी गराएको हो ।

रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटानका रोटरी वर्ष २०२४–०२५का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनका अनुसार रोटरीले अक्टोर २४ लाई पोलियो दिवसको रुपमा मनाउँदै आइरहेको छ।  सो पत्रकार सम्मेलनमा गभर्नरर शेरचनले निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था रोटरीले विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको पनि  बताए ।

साथै, उनले नेपालका आधिकारिक रुपमा पोलियोका विरामी नभए तापनि विश्वका केही देशमा अझै पनि पोलियोभाइरस देखिएको भन्दै सधैं सचेत र सजग भने भइरहनु पर्ने आवश्यकता औंल्याए ।

सम्मेलनमा रोटरी डिष्ट्रिक्ट ३२९२ का यस वर्षका पब्लिक इमेज कमिटी प्रमुख अमित गिरिले आउँदो २४तरिखका दिन हुने सो अभियानमा बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत साइकल ¥याली गरिने सो कार्यक्रमको माननीय  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने जानकारी दिए  ।

साथै उनले सोही दिन साँझ धराहरा र अन्य शहरका टावर तथा व्यापारिक भवनमा  END POLIO NOW लेखिएको व्यानर प्रदर्शन गर्ने तयारी भएको पनि बताए।

सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट शुरु भएको सामाजिक संस्था रोटरी इन्टरनेशनल  डिष्ट्रिक्ट ३२९२, नेपाल —भुटान अन्तर्गत हाल २०८ मुलुकमा ४६ हजार भन्दा बढी क्लबहरु छन् ।भने,१२ लाख भन्दा बढी रोटरी सदस्य(रोटरीयन)हरु सामाजिक सेवामा समर्पित छन् ।

अहिलेसम्म नेपालमा रोटरीका १६१ वटा क्लबहरुले शिक्षा,स्वास्थ्य,खानेपानीलगायत सामाजिक विकासका विभिन्न सात वटा क्षेत्रहरुमा बढी जोड दिई विविध सेवा प्रदान गर्दै आइरहेको रोटरी डिष्ट्रिक्ट ३२९२ ले जनाएको छ ।