८ कार्तिक,काठमाडौं । बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई जना सशस्त्र प्रहरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
गत असोज २४ गते दशैंको पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप उनीहरुमाथी लागेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
