
१७ जेठ,काठमाडौँ ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा,स्थानीय वायु तथा पश्चिम देखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।
जसको प्रभावले मौसम परिवर्तन भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ।
बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
