
३१ जेठ, काठमाडौं । नौबिसे–मलेखु सडक खण्डको धार्के क्षेत्रमा कालोपत्रे गरिएको छ । तीन किलोमिटर बेस फाइनल गरेर कालोपत्रे गरिएको हो ।
घाटबेसी क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको हो।
पश्चिम एसियामा जारी युद्धको कारण अत्यधिक मूल्यवृद्धि भएको र कच्चा पदार्थसमेत आयात गर्न नसकिएका कारण काम रोकिएको थियो ।
मन्त्री लम्सालले मूल्य समायोजन गर्ने आश्वासन दिएपछि र स्थानीय पालिकाहरुबाट निर्माण सामग्री प्रबन्ध मिलाउन सहजीकरण गरेपछि निर्माण व्यवसायीले काम सूचारु गरेका हुन् ।
