
२६ साउन,काठमाडौं । एक हिन्दी फिल्मका निर्देशकलाइ यौन उत्पीडन र दुष्कर्मको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ।
एक ३३ वर्षीया अभिनेत्रीले उनीमाथि यौन शोषण र ब्ल्याकमेलिङसहितको आरोप लगाउँदै उजुरी दर्ता गराएपछि निर्देशकलाई पक्राउ गरिएको हो।
मुम्बई प्रहरीमा दर्ता भएको उजुरीअनुसार ती अभिनेत्री र सोही निर्देशकवीचको पहिलो भेट सन् २०१६ मा लोखण्डवालास्थित एक अवार्ड कार्यक्रमका क्रममा भएको थियो। बृद्ध निर्देशकले अभिनेत्रीसँग आगामी प्रोजेक्टका बारेमा कुरा गर्दै कामका लागि सम्पर्क गर्न भनेका थिए।
त्यसपछि अभिनेत्री स्क्रिप्ट पढ्नका लागि उनका घरमा गएकी थिइन्। त्यहाँ उनले सफ्ट ड्रिङ्क पिउन दिएका थिए, जुन पिएपछि उनी बेहोस भएको विभिन्न एजेन्सी समाचारहरुमा उल्लेख छ ।
जाहेरीमा आरोप लगाएअनुसार अभिनेत्रीले आफ्नो पोल अखोलुन भनेर उनले होस आएपछि उनले आफ्नो मोबाइलमा उनको भिडियो देखाएका थिए। प्रहरीलाई खबर गरेमा वा परिवारलाई जानकारी दिएमा भिडियो सार्वजनिक गरिदिने धम्की समेत दिएका थिए।
उनले यही भिडियोका आधारमा धम्क्याउँदै पटक(पटक यौन उत्पीडन गरेको आरोप अभिनेत्रीको छ। यौन सम्बन्धपछि उनले आफूलाई बारम्बार गर्भनिरोधक चक्कीहरू दिने गरेको पनि उनले बताएकी छन्।
प्रहरीका अनुसार जाहेरी दर्ता भएपछि उनी ४० दिनसम्म लुकेर बसेका थिए। प्राविधिक सहयोगका आधारमा उनलाई फेला पारिएको र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले बताएका छन्। अदालतले उनलाई १२ अगस्टसम्मका लागि प्रहरी हिरासतमा पठाएको छ।
अर्कोतर्फ उनले आफुलाई झुटा मुद्दामा फसाइएको दाबी गरेका छन्। मामिला अदालतमा विचाराधीन रहेको जनाइएको छ ।
– एजेन्सी समाचार
