
२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।
