नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

८ भदौ,काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आज सोमबारबाट सर्वसाधारणका लागि आंशिक रुपमा खुला गरिएको  छ।

चार पाङ्ग्रे साना सवारी कार,जिप,भ्यान लगायतका लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा.विजय जैसीले बताए।

अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन ।

जैसीका अनुसार अन्य ठूला सवारी साधनले परीक्षणकालपछि प्रवेश गर्न सक्नेछन् । 

तत्कालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुने बताइएको छ ।