इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना ग्रस्त अवस्थामा,षड्यन्त्र भएको आशङ्का

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

इरानी रेडक्रस सोसाइटीको उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको छ।इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले हेलिकोप्टरको टुक्राहरू भेटिएको उल्लेख गरेका छन्। 

हेलिकोप्टर भेटिए पनि राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको अवस्था कस्तो छ भन्नेबारे केही खुलाइएको छैन।

राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा बाँध उद्घाटनपछि तबरेज शहरतर्फ प्रस्थान गर्दै थिए। त्यहाँबाट हेलिकोप्टर बेपत्ता भएको थियो।

अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा षडयन्त्र भएको आशंकाप्रति प्रतिक्रिया दिएका छन् ।

हाल बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको स्थानीय सञ्चारमाध्यलाई उदृत गदै बीबीसीले जनाएको छ।

रइसी सन् २०२१ मा इरानको राष्ट्रपति बनेका थिए। – एजेन्सी