
काठमाडौं । मनसुनी वायुको प्रभावले आज बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका केही,कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
साथै कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
आज राति कोशी,मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भोलि कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी,बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
