Author: सगरमाथा प्रेस

आजको मौसम :  यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४,असार काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सो प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधरणतया बदली देखि पूर्णयता बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाल...
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग असार ६ गते प्रश्नोत्तर

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग असार ६ गते प्रश्नोत्तर

ताजा अपडेट, राजनीति, समाचार
३, असार काठमाडौं । प्रतिनिधि सभा बैठकमा असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएको हो । साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि आगामी असार ५, ६ र ७ गतेका दिनहरू तोकिएको सभामुख घिमिरेले जानकारी दिए ।...
मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

ताजा अपडेट, वातावरण, समाचार
३, असार काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् । छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज भएको उनकी छोरी चेतना शर्माले जानकारी दिईन् ।...
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
३,असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भएपनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा।खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे । असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गर...
जलस्रोत विधेयक फिर्ता गर्ने सरकारको निर्णय

जलस्रोत विधेयक फिर्ता गर्ने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३,असार काठमाडौं । सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट पारित भएर मन्त्रिपरिषद् पुगेको यो विधेयक फिर्ता गर्ने निर्णय भएको हो ।...
स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

ताजा अपडेट, राजनीति, समाचार
२, असार, काठमाडौं । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उनले स्मरण गरे । ‘महानगरपालिकाको संख्या १० बनाउने, उपमहानगरपालिका १५ बनाउने, नगरपालिकाको संख्या २२५ बनाउने र गाउँ पालिकाको संख्या २५१ बनाएर स्थानीय तहको संख्या कुल ५०१ मात्रै गरियो भने वार्षिक करिब ३० अर्ब खर्च कम हुँदो रहेछ’, सांसद घिमिरेले भने ।...
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी

अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी

ताजा अपडेट, राजनीति, समाचार
२, असार काठमाडौं । सांसद पदम गिरीले प्रतिपक्षले भनेजस्तो कांग्रेस र एमालेलाई लक्षित गरेर बजेट ल्याएको यथार्थ नभएको तर्क गरेका छन् । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा यस्तो बताएका हुन् । सरकारले ल्याएको बजेट संयमित रहेको बताए पनि केहीले विपक्षमा तर्क गरेको उनको भनाइ छ । ‘जनतामा ठुलो निराशा व्याप्त रहेको बेला छ । विदेश पलायन भएका युवालाई नेपाल फर्कने अवस्था बनाउनु छ,’ उनले भने, ‘घाटामा भएका सार्वजनिक संस्थान वृद्धि गर्ने खालका महत्त्वपूर्ण विषय बजेटमा समावेश छ ।’ राजस्व वृद्धिमा महत्त्वाकाङ्क्षी लक्ष्य रहेको तथा स्टार्टअप उद्यमबाट रोजगारी सिर्जना हुने र अर्थतन्त्र लयमा फर्काउने खालको बजेट आएको बताए ।...
सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार

सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२,असार काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो । यस दिन होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढेका छन् । अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घटेकी छन्।...
७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्छ : सांसद खतिवडा

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्छ : सांसद खतिवडा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, असोज काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । यसका साथै उनले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् । विदेशीमुद्रा ५ हजार सम्म सटही गर्न सक्ने व्यवस्था राम्रो भएको र भारतीय नागरिकलाई ५ हजार भारतीय रकम बोकेर आउनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । ७५३ वटा स्थानीय तहमा कालोपत्रे रोडबाट जाउभन्ने धारणामा अलिकति अपुग भएजस्तो लागेको यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।...
विश्व योग दिवसलाई निरोगी नेपाल अभियानसँग जोड्न प्रधानमन्त्रीको आग्रह

विश्व योग दिवसलाई निरोगी नेपाल अभियानसँग जोड्न प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२, असार काठमाडौं । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुसहितका प्रतिनिधि टोलीले छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकार स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी थिए। हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्...