ब्यानर-१

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, माघ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् । ४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटनको विकास र प्रवर्द्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए । उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन जरुरी रहेको बताए । नदीको प्राकृतिक बहावमा अतिक्रमण गर्न नहुन उनको भनाइ थियो । नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गरेर छोड्ने बताउँदै मन्त्री पाण्डेले पर्यटकहरू देशको समृद्धिको वाहक भएको उल्लेख गरे ।...
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१२,माघ काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।...
आज काठमाडौँका यी स्थानमा आठ घण्टा विद्युत् अवरुद्ध हुने

आज काठमाडौँका यी स्थानमा आठ घण्टा विद्युत् अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१२, माघ काठमाडौं । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै जोरपाटी वितरण केन्द्र, बुढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घण्टादेखि आठ घण्टासम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। यस्तै, बुढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।...
शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, माघ काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार छिचोलिने काम (ब्रेक थ्रु) गदै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित भएको हो । प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान ...
सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ गरेपछि प्रधानमन्त्री ओलीले भने : देशकै खुसी

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ गरेपछि प्रधानमन्त्री ओलीले भने : देशकै खुसी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
११ माघ,काठमाडौं  राष्ट्रिय गौरवका आयोजना मध्येको एक आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ किलोमिटर १ सय २६ मिटर सुरुङमार्गको आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा‘ब्रेक थ्रु’ गरेपछि यो देशकै खुसी भएको बताए । स्वास्थ्य प्रतिकूलताका कारण भर्चुअलरूपमा उपस्थित भएर गरिएको सो ब्रेक थ्रु पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको पनि जिकिर गरे।साथै उनले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताए। ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो।अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन।हामीले यसला...
शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने

शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, माघ काठमाडौं । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिवार हुने भेलाको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको युवा सङ्घले जनाएको छ । शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जनाएका छन् ।...
सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु आज हुँदै, प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गर्ने

सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु आज हुँदै, प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, माघ काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ । सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुसहितका कार्यक्रम उद्घाटन गर्न ओली रुपन्देही जाने कार्यक्रम तय भएको थियो । तर विशेष कारण वश ओलीले भर्चुअल रूपमै काठमाडौँबाटै उद्घाटन गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । अब ओलीले काठमाडौँबाटै इलेक्ट्रोनिक प्रविधिबाटै ब्रेक थ्रु गर्नेछन् ।...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
११, माघ काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस र बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कत...

समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, उपप्रधानमन्त्री सिंहले भने, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ । उनले भाषा, संस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कलासंस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए । लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे ।...
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा

कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिको बैठक सुरु भएको छ । सिंहदरवास्थित समितिको कार्यकक्षमा जारी बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकमाथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने एजेन्डा छ । बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा कानुन मन्त्री अजयकुमार चौरसिया, श्रम मन्त्री सरतसिंह भण्डारीलगायत सांसदहरू सहभागी छन् ।...