ब्यानर-१

सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ : मन्त्री भट्टराई

सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ : मन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘सीटीईभीटीलाई पुनर्संरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि कम्तिमा सीटीईभीटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । सीटीईभीटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ ।...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो ।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१३ भदौं, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...
आज दिउँसो एमालेको सचिवालय बैठक बस्दै

आज दिउँसो एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ भदौ,काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने बताइएको छ । बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको एमालेको सचिवालयले जनाएको छ ।
काठमाडौंमा एकीकृत समाजवादीका उपाध्यक्ष र सचिवसहित १६० जना नेता–कार्यकर्ता एमालेमै फर्किए

काठमाडौंमा एकीकृत समाजवादीका उपाध्यक्ष र सचिवसहित १६० जना नेता–कार्यकर्ता एमालेमै फर्किए

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) १२ भदौं,काठमाडौं ।काठमाडौं उपत्यकामा नेकपा (एकीकृत समाजवादी)का १ सय ६० जना नेता–कार्यकर्ताहरु पुनः नेकपा एमालेमै फिर्किएका छन् । बुधबार नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई एमालेमा समाहित भएको घोषणा गरिएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी छोडेर पुनः पुरानै पार्टी एमालेमा फर्किएका उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश इन्चार्ज राजन भट्टराई र पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले खादा र अबिर लगाएर स्वागत गरेका थिए । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राई र एमाले काठमाडौंका अध्यक्ष दिपक निरौंलाको विशेष पहलमा पुरानै पार्टी फर्किका उनीहरुको पार्टी सदस्यता पनि पुरानै कायम हुने र सोही अनुसारले निरन्तरता दिइने बाग...
प्रतिनिधि सभा बैठक : स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा बैठक : स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन, अराजक व्यवहार प्रदर्शन गर्नेलाई कारबाही गर्न तथा महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको क्रियाशीलतामा जोड दिए । यस्तै, बिग्रेभत्केका सडक पूर्वाधारका कारण दैनिकजसो सवारी दुघर्टनामा बढोत्तरी भई जनधनको क्षति भएकाले आवश्यक सतर्कता अपनाउन कानुन कार्यान्वयन गराउनुपर्ने बताए । सांसद विना लामाले धादिङ र रसुवाको सीमाक्षेत्रमा अवैध कारोबार मौलाएको भन्ने सूचना आएकाले शान्ति सुरक्षाको प्रबन्ध गर्न र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न माग गरिन् । सांसद विराजभक्त श्रेष्ठले लामो समयदेखि राजदूत नियुक्ति हुन नसक्दा मुलुकको प्रतिष्ठामा आँच आएको भन्दै तत्काल नियुक्त गर्नुपर्ने बताए ...
नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल नियुक्त

नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधान सेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। झाँक्री नेतृ जयन्ती राईसँग पराजित भएकी हुन् । राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्।यस्तैगरी, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। उनले १६४ मत पाए। खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १८९, १५६, १३९, १५१ मत पाए। उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १५८, १०७, १०६, १०५ मत ल्याए। त्यस्तैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ मत पाइ निर्वाचित भए।...
स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ भदौं,काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि सो क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूको सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यस सम्बन्धमा निर्णय भएको बताएका हुन्।प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उनले गत साउन २७ गते ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ योजना अघि सारेका थिए। सोही योजना अनुसार विश्वभरका नेपाली चिकित्सक,अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको प्रवक्ता बुढाथोकीले बताए। उनले भने, “समिटमा सहभागी न...

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्कासन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको  मंगलबार  बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।रास्वपाले साधारण सदस्यबाट किन नहटाउने भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक(पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।...