ब्यानर-१

पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपति पौडेल सहभागी हुने

पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपति पौडेल सहभागी हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
लुम्बिनी । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ । २०५ औँ विजयोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार आज नै अमननारायणको रथ निकालिने भएको छ । यसवर्ष भगवती र अमननारायणको रथ निकाल्न तीथिले एकैदिन परेकाले आजै अमननारायणको रथ निकालिने भएको हो । प्रजिअ काफ्लेले भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रममा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको जनाइएको छ । तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने ग...

प्रतिनिधि सभा बैठक: आज मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाफ दिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सभामुख देवराज घिमिर...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
भदौ११,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेका कारण हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।कोशी,बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी,बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहेने छ।भने,कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम...
सरकार भन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : ‘प्रचण्ड’

सरकार भन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : ‘प्रचण्ड’

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी संघठन निर्माण र विचारको विकास भएको बताएका छन्। कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। “हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो”, उनले भने। अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताए । उनले भने, “परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हा...
गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति पौडेल

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका छन् । यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रूपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चै...
राष्ट्रिय सभा : मिटरब्याजपीडितलाई न्याय दिन माग

राष्ट्रिय सभा : मिटरब्याजपीडितलाई न्याय दिन माग

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनीहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिएका छन् । बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पूजा चौधरीले मिटरब्याजीको कानुन बने पनि न्याय नपाएको भन्दै कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिए। पीडितले छिटो न्याय पाउनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय सभा सदस्य रुक्मणि कोइरालाले तनहुँमा भारतीय बस खसेर भएको दुर्घटना तथा खोटाङबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनामा परेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारले पहल थाल्नुपर्ने सुझाव दिए। सांसद रेणु चन्दले सुदूरपश्चिम क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिइन् । “सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य बड मालिका र त्रिवेणी क्षेत्रमा राम्रो सञ्चार सुविधा, खानेपानीको पहुँच, अन्य पूर्वाधारको विकास हु...
नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । काठमाडौंको नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र-०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्न सर्वोच्चको आदेश

राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्न सर्वोच्चको आदेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सेवा लिन राष्ट्रिय परिचयपत्र लिनुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेपछि तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने भनिएको थियो ।...
पाँचवटा संसदीय समितिको बैठक बस्दै आज

पाँचवटा संसदीय समितिको बैठक बस्दै आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल गरिनेछ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजेको लागि बोलाइएको छ । सो बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल गरिनेछ ।  ...
‘जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ’

‘जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ’

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्ने बताए ।“ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए । उनले भने, “जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।”नले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको ...