ब्यानर-१

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न गृह मन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न गृह मन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं । गृह मन्त्री रमेश लेखक र भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेका छन् । उनीहरूले शिक्षण अस्पतालमा गएर बिरामीहरूको सन्चोबिसन्चो र स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । दुर्घटनाबारे बुझ्न उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौँ आइपुगेकी हुन् । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।...
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उनले भनिन्, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।”...
तनहुँ बस दुर्घटनास् शवको परीक्षण सुरु

तनहुँ बस दुर्घटनास् शवको परीक्षण सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उनले जानकारी दिए ।...
वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध छ : गृहमन्त्री लेखक

वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध छ : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यालय प्रमुखहरूसँगको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा आर्थिक क्षेत्रको विकास गर्न तत्पर रहेको बताए । राष्ट्रसेवक कर्मचारीलाई सरकारको यस कार्यमा सहयोग गर्न उनले आग्रह गरे । मुलुकमा संघीय तथा प्रदेश सरकार पटक पटक परिवर्तन भइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसबाट जनतामा आक्रोशसमेत बढेकाले दुई मुख्य दल मिलेर एमालेको नेतृत्वमा वर्तमान सरकार गठन भएको प्रष्ट पारे । “यसले जनताका अधिकारलाई सुनिश्चित गर्नेछ”, उनले भने सो अवसरमा उनले कर्मचारीलाई कसैको दबाबमा नपरी काम गर्न सुझाव दिए ।...
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।...
उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै आज

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । बैठक पार्टी कार्यालय सानेमामा बिहान ११ बजे बस्नेछ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
७ भदौ,काठमाडौं। आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो मौसम देशभर साधरणतया बदली रहने छ।बागमती,मधेस,गण्डकी,लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उता राति पनि कोशी,मधेस,बागमती र सुदूरपश्चिम केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने,कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महशाखाको भनाई छ। बागमती,कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत...
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।...
भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताका हुन् । ‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन’, उनले भने ।...