ब्यानर-१

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, चैत काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउसो १स्१५ बजे बस्ने सचिवालयले जनाएको छ । आज प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । राष्ट्रिय सभाको लागि आजको कार्यसूची तय नगरिए पनि गत चैत १५ गतेबाट प्रतिपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरेकोले सोही दिनको कार्यसूची अनुसार अघि बढ्ने छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफ...
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१७, चैत काठमाडौं । काठमाडौँको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३-०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएको गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गाडी चालक भीमेश्वर-४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१७, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।...
सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, चैत काठमाडौं । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासंघको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा महासंघका छ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहेको महासंघले जनाएको छ । समितिले आजै आक्रमण गरिएका सञ्चार गृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो रु, अब महासंघ कसरी अघि बढ्ने रु लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ । पूर्वराजा समर्थित सम...
राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल

राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, चैत काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् । पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ । उनले गणतन्त्रका पक्षमा समाजवादी मोर्चाको प्रदर्शनमा ठूलो सहभागिता रहे पनि शान्त र सन्देशमूलक भएको तर राजावादीको आन्दोलन हिंसात्मक र अराजक भएकोले बताउँदै उनले राजतन्त्र र गणतन्त्रको फरक छुट्टिएको उल्लेख गरेका छन् । ‘एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्...
काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज शुक्रबार अपराह्न ४स्२५ बजेदेखि राति १० बजेसम्म काठमाडौँ महानगरपालिकाको निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको हो । यो कर्फ्यु बानेश्व(तीनकुने क्षेत्रमा केन्द्रित छ, जहाँ गणतन्त्रवादी र राजतन्त्रवादी समूहहरूले प्रदर्शनको घोषणा गरेपछि तनाव बढेको थियो। कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला निम्नानुसार तोकिएको छ । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म,कोटेश्वरदेखि जडीबुटी पुलसम्म,कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म,गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म । यो अवधिमा उक्त क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर...
अर्को गल्ती नगर्न पूर्वराजालाई ‘प्रचण्ड’को चेतावनी

अर्को गल्ती नगर्न पूर्वराजालाई ‘प्रचण्ड’को चेतावनी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् । ‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्ड’ले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’...
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबिच झडप : घरमा आगजनी

तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबिच झडप : घरमा आगजनी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडों । तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थकहरू र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ । तीनकुने प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक हरिश सिंह धामीका अनुसार, प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको छ, स्थिति अहिले तनावपूर्ण नै छ । प्रदर्शनकारीले एउटा घरमा आगजनीसमेत गरेका छन् ।  ...
राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । वर्तमान व्यवस्थालाई चुनौती दिँदै प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।
संसदको अर्थ समितिको बैठक स्थगित

संसदको अर्थ समितिको बैठक स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । शुक्रबार राजधानीमा हुने प्रदर्शनका कारण संसदको अर्थ समितिको बैठक स्थगित भएको छ । बिहान १० बजे बस्ने तय भएको बैठक स्थगित भएको हो । समितिको आगामी कार्ययोजनाबारे छलफल गर्ने गरी बोलाइएको बैठक बोलाइएको थियो । तर, राजधानीमा हुने प्रदर्शनका कारण उपस्थित हुन असहज हुने भन्दै समिति सदस्यहरूले भनेपछि बैठक स्थगित गरिएको जनाइएको छ ।...