ब्यानर-१

राजावादी र समाजवादी मोर्चाको शक्ति प्रदर्शन : सुरक्षा सतर्कता बढाइयो

राजावादी र समाजवादी मोर्चाको शक्ति प्रदर्शन : सुरक्षा सतर्कता बढाइयो

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक-फरक प्रदर्शन गर्दैछन् । दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काबिरुद्ध प्रदर्शन गर्न लागेका छन् । आन्दोलनका लागि तयारी तिब्र पारिएको छ । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् । आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरु उतार्ने दाबी गरेको छ ।  ...
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा

चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । वर्तमान व्यवस्था विरोधी राजावादी समूह राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए । उनले चैत १५ गते तीनकुनेमा प्रदर्शन हुने र चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको बताए । तर चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने उनको भनाइ छ । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने ।...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो प्रणालीको प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पह...
क्यान्सरको उपचारमा प्रयोग गरिने ‘किमो’ सित्तैमा दिँदै सरकार

क्यान्सरको उपचारमा प्रयोग गरिने ‘किमो’ सित्तैमा दिँदै सरकार

ताजा अपडेट, बिशेष, ब्यानर-१, स्वास्थ्य
१४, चैत काठमाडौं । सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग गरिने ‘किमो’ निःशुल्क दिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफलको सहयोगमा क्यान्सरको उपचारमा प्रयोग हुने ‘किमो’का लागि अनुदानमा दिने भएपछि विरामीलाई छिट्टै निःशुल्क वितरण गर्ने तयारी गरिएको हो। हाल सरकारले क्यान्सरका विरामीलाई विपन्न नागरिक उपचार सेवाअन्तर्गत एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ।विशिष्टीकृत सेवा आवश्यक पर्ने र लामो समयसम्म उपचार गर्नुपर्ने हुँदा क्यान्सरका विरामीलाई निकै आर्थिक भार पर्ने गर्छ। नेपालमा ४० प्रतिशतभन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुने गरेको मन्त्रालयको तथ्यांक छ । तर, क्यान्सर समयमै पहिचान गरि प्रभावकारी उपचार गर्न सके  ठिक हुने चिकित्सकहरुले बताउँदै आएका छन्।...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, चैत काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे । त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै अवरोध नगर्न सत्तापक्षको तर्फबाट आग्रह गरे ।...
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास,बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक,वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे । यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरूले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए । प्रधानमन्त्री ओलीले झुटबाहेक केही नबोल्ने र अरूलाई आरोप लगाउनेहरूबाट ब...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१४, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि बैठक स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि बैठक स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, चैत काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ । यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए । तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेका अनुसार अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।...
संसद्को दोस्रो बैठक पनि अवरुद्ध

संसद्को दोस्रो बैठक पनि अवरुद्ध

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, चैत काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् । आजै यसअघि बसेको प्रतिनिधि सभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो । लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले विपक्षी दलहरूलाई बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।...
गंगालालमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको निःशुल्क मुटुको उपचार गरिने

गंगालालमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको निःशुल्क मुटुको उपचार गरिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१३, चैत काठमाडों । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनैपनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए। ूमन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,ू कार्यकारी निर्देशक मल्लले भने । हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिँदै आएको छ । उपचार लिनेको सङ्ख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको ...