ब्यानर-१

भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक

भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति नगर्न आग्रह गरेका छन् । भूकम्पले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताएका छन् । भूकम्पीय पुन निर्माण तथा पुन स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो कुरा बताएका हुन् । गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पुन स्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताए। उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए । डिडिएको काम समयमा सम्पन्न गरी पुन निर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुन निर्माण पूर्व गरिने डिडिएका लागी जाजरकोटमा ५० जना, रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरी रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि स...
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।...
‘लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भ्रम मात्र’ : गृहमन्त्री लेखक

‘लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भ्रम मात्र’ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलनबाट फ्याँकेको राजतन्त्र पुनः आउने कल्पनासमेत नगर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र कदापि हुन नसक्ने भन्दै त्यसको भ्रमबाट उम्कन आग्रह गरेका हुन् । आइतबार सुर्खेतमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लेखकले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै जनताले फालेको राजतन्त्र फेरि नआउने र लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जनाए। पूर्व राजाले पनि लोकतन्त्रको पूर्ण उपभोग गरेको हुँदा यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको उनको भनाइ छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्दै गृहमन्त्री लेखकले अहिले राजावादीहरू आन्दोलन गरिरहनु, बोलिरहनु लोकतन्त्रको उपभोग गरेको बताए । साथै अहिले भइरहेका आन्दोलनले शान्ति सुरक्षामा कुनै खलल नपुग्ने गरी शान्ति सुरक्षा चुस्त दुरुस्त राखिएको उनको भनाइ छ ।...
सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्दै

सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्री ओली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुअघि सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा

पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।...
आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५, फागुन काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...
प्रेस चौतारीको उपत्यका प्रदेश अध्यक्षमा सीता पौडेल(अर्चना)

प्रेस चौतारीको उपत्यका प्रदेश अध्यक्षमा सीता पौडेल(अर्चना)

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, फागुन काठमाडौं । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीता पौडेल (अर्चना) निर्वाचित भएकी छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भएका छन् । प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएको संगठनका उपत्यका इन्चार्ज हेमराज सिलवालले बताए ।यस्तै कोषाध्यक्षमा भुपाल गौतम निर्वाचित भएका छन् । सदस्यहरु मेघनाथ पहाडी ज्योति जीसी, रोशनराज अर्याल र जीबी लामा छन् ।...
काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४, फागुन काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा आज शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको हो । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ र आसपासका जिल्लामासमेत महसुस भएको छ। आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।...
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२४, फागुन काठमाडौं । सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र ...