ब्यानर-१

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्ष...
टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस

टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, फागुन काठमाडों । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको थियो । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । टुँडिखेलमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो ।...
पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१४, फागुन काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठ वटा लामको व्यवस्था गरिएको छ । अहिले भक्तजनको लाम धेरै लामो भएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ । दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको प्रवक्ता अधिकारीले बताए । बाँकी दुई सयवटा रसिदको भने बेलुकी पूजा गरिने जनाइएको छ । महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि रु १५ हजार एक सय, र...
आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१४, फागुन काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्य देव भगवान् शिवको पूजा आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवपुर धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार ...
जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ भवन उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।...
राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो । नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति छन् । यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएक...
झापाको घटनाप्रति नारायणकाजी श्रेष्ठले मागे क्षमा

झापाको घटनाप्रति नारायणकाजी श्रेष्ठले मागे क्षमा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रूपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रूपमा लिन अनुरोध गर्छु’, श्रेष्ठले भनेका छन् । हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएका थिए । तर आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।...
धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३, फागुन काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ८ स् २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालक सहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना सवार थिए । घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन । बस घटनास्थलमै रहेकोले राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ । बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको प्रहरीले जनाएको छ ।...
आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ

राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडों । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव बचाउन सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताएका छन् ।। न्यूनतम पारिश्रमिक निर्धारण समितिले सोमबार ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तिक्रिया कार्यक्रमा मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन सम्बन्धी बन्न लागेको विधेयक कुनै मिडिया र अनलाइन माध्यम बन्द गर्न नभई सामाजिक सञ्जालमा जथाभावी समाज र राष्ट्र विरोधी अभिव्यक्तिलाई नियमन गर्न खोजिएको प्रष्ट पारे । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले दहि जस्तै जमेर बसेको समाजमा सामाजिक सञ्जालमा पोखिने अराजक अभिव्यक्तिहरू लोकतन्त्र विरोधी रहेको बताउँदै अहिलेको सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षधर रहेको सुनाए । “हामी विधेयक...