ब्यानर-१

इन्स्पेक्टर सन्तोषी महत मुत्यु प्रकरण : परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध पनि आत्महत्या दुरुत्साहनको जाहेरी

इन्स्पेक्टर सन्तोषी महत मुत्यु प्रकरण : परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध पनि आत्महत्या दुरुत्साहनको जाहेरी

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा थप एक जनाविरुद्ध किटानी जाहेरी दिएको छ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको भनाई छ।उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको दाबी परिवारको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईम...
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ । यी बैठकका लागि सम्भावित कार्यसूची समेत राखिएको छ ।तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।...
साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ।व। २०८०र०८१ू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै शेर बहादुर कुँवरले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभाबले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथि माननीय स्वास्थ्य तथा जनसंख...
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१२, फागुन काठमाडों । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडों । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गरेको हो। प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ क्लव, नेपाल र ब्लाक बोल्ट क्लव, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो। कलाकार बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेको थियो।...
भ्रष्टाचार विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै

भ्रष्टाचार विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश सुनाउने कार्यक्रम छ । यो विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्त्री थिए । ओलीले ल्याएका यो विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकमाथि प्रतिनिधिसभामा २०८० साल भदौ ३१ गते सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल पछि दफावार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । २०८१ साल पुस १८ गते राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी वि...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९र२०८० पेस गर्ने , गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समित...
एन्फा कम्प्लेक्समा शुभकामना आदानप्रदान गरौँला : प्रधानमन्त्री

एन्फा कम्प्लेक्समा शुभकामना आदानप्रदान गरौँला : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) हुने केपी ओली कप फुटबल प्रतियोगिता हेर्न एन्फा कम्प्लेक्स जाने भएका छन् ।आज ओलीको जन्म दिन समेत हो । जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले यो पटक विशेष कुनै कार्यक्रम नराखेको जनाएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’...
आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
११, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने छ ।...