पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरी : अध्यक्ष ओली
चितवन ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
शुक्रबार एमाले चितवनको नवनिर्वाचित समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले गरेका कामलाई महिला नेतृत्वहरुले राम्रोसँग साथ र समर्थन सँगै पूर्ण जिम्मेवार भएर काम गर्दै आएको जिकिर गरे ।महिलाले नेतृत्व गरेका ठाउँमा राम्रो नतिजा आएको स्मरण गराउँदै उनले पार्टीका काम जतिसक्दो महिलाहरूको बीचमा लैजान निर्देशन पनि दिए।साथै उनले महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा भ्रष्टाचारसमेत र व्यवस्थापन समेत चुस्त दुरुस्त रहेको बताए ।
समारोहमा अध्यक्ष ओलीले भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको जिकिर गरे।उनले भने, “पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ ।धेरै सूचकले यही कुरा देखाउँछ ।”माडीमा राम मन्दिर बनाउने र ध...







