गोदावरी मेयर कप : कीर्तिपुरको जित,तारकेश्वर पराजित,नागार्जुन पनि क्वार्टरफाइनलमा
ललितपुर । गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा कीर्तिपुर नगरपालिका प्रवेश गरेको छ।
प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि नगरपालिका,नागार्जुन नगरपालिका,चन्द्रागिरि नगरपालिका,महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन्।
गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार सम्पन्न खेलमा तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै कीर्तिपुरले जित हाँसिल गरेको हो ।खेलमा कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरेका थिए ।भने,इन्द्रबहादुर बस्नेतले २ गोल गरेका थिए।
जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ।मध्यपुर थिमि सोमबार टोखा नगरपालिकालाई हराएर ...
