वातावरण

कपास उद्योगमा आगलागी

कपास उद्योगमा आगलागी

ताजा अपडेट, वातावरण, समाचार
पोखरा । पोखरामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । विद्युत् सर्ट भएर उद्योगमा आगो लागेको हो । पोखरा ३ तेर्सापट्टी स्थित अनन्त कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योग आगो लागेको प्रहरीले जनाएको छ । प्रहरी, आर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।आगो लागेर करिब २२ लाख बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् । उद्योगमा रहेका कपास, कपडा र मेसिन सहित घरमा क्षति भएको छ ।...
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी निर्णय गरेको छ । तीन चरणमा लागू हुने गरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरेको छ । पत्राचार अनुसार साउन १ गतेदेखि २८ जिल्लामा पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । ती जिल्लामा झापा, मोरङ, सुनसरी। सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अनिवार्य गरिएको छ । यस्तै माघ १ देखि ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, नवलपरासी बर्दघाट सुस्ता पूर्व स्याङ्जा, नवलपरासी ९बर्...
राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह  गर्दै बर्दघाट पालिका

राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
नवलपरासी । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ । हरेक दिन ठिक १०ः०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रप्रति सम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । प्रदीपकुमार राई ब्याकुल माइलाको रचना तथा सङ्गीतकार अम्बर गुरुङको सङ्गीतमा देशका चर्चित कलाकारले सामूहिक रूपमा श्वाराङ्कन गर्नुभएको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली।।।’कार्यालयमा विद्युतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउने गरेका छन् । राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउँछन् ।...
आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो । उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ । कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।...
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

कृषि, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
नुवाकोट । कोशीखोलामा आएको बाढीका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको हो । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्‍याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।” स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुल पनि बाढीका कारण क्षति भएको छ ।पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ ।स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछाप...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, वातावरण, समाचार
१७ साउन,काठमाडौं ।देशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको छ।मधेश,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी,बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। उता राति पनि कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।...
कुन विदेशी मुद्राको मूल्य कति आज ?

कुन विदेशी मुद्राको मूल्य कति आज ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.०९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२२ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३४ रुपैयाँ रहेको छ ।...
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो अवधिमा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।...
काठमाडौँ उपत्यकाका  यी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकाका  यी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको छ। राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । भारी वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।...
३१ वटा युट्युब च्यानल कारबाहीमा

३१ वटा युट्युब च्यानल कारबाहीमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचार संहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक व्यक्ति र कम्पनीलाई कारबाही गरेको छ। काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता र सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो।दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने,चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ। मिडिया अन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न,सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।हेल्लोटिभी नेपाल फेसबुक पेज,पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा,आतङ्...