वातावरण

जापान पठाइदिने भन्दै ७९ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् । प्रहरीले निजको साथबाट रु चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनले भने, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”...
सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । बुधबार भेटिएकामध्ये “भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उनले भने, “यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, र...
शुक्रबार मौद्रिक नीति ल्याउने तयारी

शुक्रबार मौद्रिक नीति ल्याउने तयारी

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आगामी शुक्रबार (४ साउन) मै ल्याउने भएको छ । यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए । तर, मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल सुरु भएको जनाइएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ ।त्यसअनुसार मस्यौदा पेस भइसकेको छ । व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको राष्ट्र बैंक स्रोतले बताएको छ । बिहीबार व्यवस्थापन समितिको छलफलपछि श...
बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
बागलुङ । आर्थिक वर्ष २०८०–८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ । आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर दुई हजार सात सय ६३ रोपनीमा आलु उत्पादन गरी बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए । कृषकलाई उन्नत जातको आलुको बीउ र खेती गर्ने प्रविधि हस्तान्तरण सिकाइएको ...
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले आज देशभर आंशिक देखि साधारणतया बदली रही । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  राति  मौसम विज्ञान विभागका अनुसार आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट ब...
निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित

निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौंको नागार्जुन नगरपाललिका–३ मा अवस्थित ‘इचंगुनारायण मन्दिर’को पूनःनिर्माण कार्यका कारण दर्शन गर्न आउने भक्तजनहरुको चाप घटेको छ। काठमाडौं उपत्यकाका चार महत्वपूर्ण नारायणहरु मध्येका एक महत्वपूर्ण नारायणका रुपमा मानिने इचंगुनारायण मन्दिरमा आज हरिशयनी एकादशीका दिनसमेत श्रद्धालु भक्तजनहरुको खासै चहल पहल देखिएन्।दर्शनका लागि बिहानैदेखि मन्दिर खुला गरिए तापनि दिनभरजसो नै दर्शनार्थीहरुको फाट्टफुट्ट मात्रामा उपस्थिति देखिएको मन्दिर परिसरका पंडित परशुराम रिजालले बताए।उनका अनुसार मान्दिरको भौतिक संरचनाको निर्माण कार्य हुँदै छ केही छैन होला भन्ठानेर पनि दर्शनार्थीहरुको चाप घटेको हुन सक्छ। साथै उनले एउटा नौलो  कुरा पनि उजागर गर्दै काठमाडौं महानगरले फुटपाथ हटाएपछिको केही प्रभाव समेत भएको बताए।उनले भने, ’म बिहानैदेखि यहाँ बसेको छु।यस्तै फाट्टफुट्ट मात्रै छ।...
सेयर बजारमा १२ अर्ब नाघ्यो कारोबार

सेयर बजारमा १२ अर्ब नाघ्यो कारोबार

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो । त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३६४ मा कायम भएको छ । नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च हो । आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशत बढे ।  ...
चन्द्रागिरि केबलकारमा अड्किएका यात्रुको डेढ घण्टापछि उद्धार

चन्द्रागिरि केबलकारमा अड्किएका यात्रुको डेढ घण्टापछि उद्धार

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । चन्द्रागिरि केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ । करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जानकारी दिए । उनका अनुसार केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भर्‍याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।...
रसुवा केन्द्रबिन्दु भएर भूकम्प

रसुवा केन्द्रबिन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको थियो ।
तनहुँमा खानेपानीको पाइप बाढीले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँमा खानेपानीको पाइप बाढीले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द

ताजा अपडेट, वातावरण, समाचार
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो। असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए।उनका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो। ‘संस्थाका चार र बाहिरबाट नौजना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्’,व्यवस्थापक श्रेष्ठले भने, ‘सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा...