वातावरण

मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने

मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१, असार काठमाडौं । यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागका अनुसार हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ । मनसुनजन्य सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ। प्राधिकरणका अनुसार मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई सम्प्रेषण गरिएको छ । प्राधिकरणले सरदरभन्दा बढी...
सुनको मूल्य फेरि बढ्यो, तोलाको कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य फेरि बढ्यो, तोलाको कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१, असार काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (आइतबार) बढेको छ। तोलामा ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा २१ सय ६५ रुपैयाँमा  कारोबार भइरहेको छ ।...
नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न

नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार, स्थानीय
१, असार काठमाडौं । नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बोधिसदन इङ्गलिस स्कुलमा भएको सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।नेसनल प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा तथा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा विभिन्न वक्ताहरुले तालिमको सफल समापनका लागि बधाई ज्ञापन गरेका थिए । १४ विद्यालयका करिव ८० जना सहभागी रहेको सो तालिम समापनको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, वडा नं १२ की सदस्य मिना बयलकोटी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य भिष्म ढकाल, जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिना,सदस्य खेम मिश्र ,महेन्द्र बौद्ध माविका प्रधानाध्यापक धर्मेन्द्...
लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै

लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै

ताजा अपडेट, वातावरण, समाचार
१, असार काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज (आइतबार) आफ्नो स्थापनाको ७५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’ का रूपमा मनाउने भएको छ । सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा विविध अतिरिक्त कार्यक्रम सम्पन्न गरिसकेको छ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगको छ । केन्द्रीय कार्यालयसहित काठमाडौँमा तीन र काठमाडौँ बाहिर ११ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा हीरक महोत्सव समारोह आयोजना गरिएको आयोगले जनाएको छ । वर्ष भरी नै विभिन्न कार्यक्...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१, असार काठमाडैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६८ रुपियाँ ८३ पैसा र बिक्रीदर १६९ रुपियाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ९४ पैसा र बिक्रीदर ८९ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७३ पैसा र बिक्रीदर १०१ रुपियाँ १७ पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपियाँ ०१ पैसा र बिक्रीदर १०७ रुपियाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, च...
मनसुन थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१,असार काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सो प्रणालीको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका के...
ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव

ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१, जेठ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल शिक्षा ९ईसीडी० १ वर्षको बनाउन प्रस्ताव गरेको छ । शनिबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षामन्त्री रघुजी पन्तले ईसीडी १ वर्ष बनाउने सरकारको धारणा रहेको बताए । ‘ईसीडीमा निकै अध्ययन भयो । अहिले १ वर्षको वालविकास राख्ने । भविस्यमा कति राख्ने छलफल गरौं,’ मन्त्री पन्तले भने, ‘शिक्षा नीतिले पनि १ वर्ष भनेको छ ।’ दुई वर्षको बनाउन २८ देखि ३० अर्ब दायित्व बढ्ने उनले बताए । उपसमितिको प्रतिवेदनमा २ वर्षको ईसीडीको प्रस्ताव गरिएको छ ।...
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३१, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा। रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य छन् । यस्तै नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । सो कार्यदलको समयावधि एक महिनाको रहनेछ । कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील प्रुडेन्सियल, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ । यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका , ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम ,बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्...
बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा स्टक मार्केट सम्बन्धी तालिम सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा स्टक मार्केट सम्बन्धी तालिम सम्पन्न

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
३१, जेठ काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ९ युवा परिषदको आयोजनामा स्टक मार्केटसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम २०८२ ज्येष्ठ १५ गतेदेखि शुरू भई ज्येष्ठ २९ गतेसम्म सञ्चालन गरिएको थियो। १५ दिनसम्म चलेको सो तालिममा कूल ६० जना सहभागी रहेका थिए। सहभागीहरूलाई सेयर बजारसम्बन्धी आधारभूतदेखि प्राविधिक विश्लेषणसम्मका विषयमा ज्ञान प्रदान गरिएको थियो । तालिममा सुरज कार्की, राजेश कार्की लगायत ९ जनाको प्रशिक्षक टोलीले सहजीकरण गरेका थिए । समापन समारोहका अवसरमा वडा नं. ०९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता सीप विकासमूलक कार्यक्रमले युवालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेकी छन । युवा परिषदका अनुसार आगामी दिनमा समेत यस्तै व्यवहारिक तथा रोजगारीमुखी तालिमहरू सञ्चालन गरिने योजना रहेको छ।...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३१, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनिया...