वातावरण

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८, वैशाख काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । उक्त घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।  मृतक र घाइतेको परिचय खुलिसकेको छैन ।...
पर्यटकको रोजाइमा विचित्र गुफा

पर्यटकको रोजाइमा विचित्र गुफा

ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
८, वैशाख गुल्मी । यहाँको धुर्कोट गाउँपालिका-५ स्थित विचित्र गुफा यति बेला आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ । बि।सं।२०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् । हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए । उक्त गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँ...
यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०३ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७२ पैसा कायम गरिएको जनाएको छ । त्यसै गरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६...
आजको मौसम : स्थानीय तथा पश्चिमी वायुको प्रभाव कायमै यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : स्थानीय तथा पश्चिमी वायुको प्रभाव कायमै यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८, वैशाख काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ...
बसबाट खसेर शिक्षकको मृत्यु

बसबाट खसेर शिक्षकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
७, वैशाख काठमाडौं । विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन् । विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा शनिवार बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । घटनापश्चात् बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका(५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...

काठमाडौँमा आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७, वैशाख काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा गरेको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । शिक्षक कर्मचारीहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ । मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरेपछि साँघुरा र भित्री सडकहरुमा गाडीहरुको चाप छ । त्यसैले ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या छ । नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् ।...
विदेशबाट फर्किएका युवा बाख्रा पालन व्यवसायमा संलग्न

विदेशबाट फर्किएका युवा बाख्रा पालन व्यवसायमा संलग्न

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, वैशाख दाङ । वैदेशिक रोजगारबाट फर्किएका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रा पालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रा पालन व्यवसायबाट सन्तुष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतीत गरेका हुन् । किसान जनक विदेशबाट आएर बाख्रा पालन व्यवसाय सुरु गरेको बताउँछन् । उनले भने, “वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु. १० लाख आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औष...
बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
७, वैशाख काठमाडौं । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ । हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने सरकारको लक्ष्य छ । स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । बालबालिकालाई बालभिटा खुवाइनेछ । बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने बताइएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।...
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, वैशाख काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो .(भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तन...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, वैशाख काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कुल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ । दुई अर्ब ५० करोड बराबरको कुल निष्कासनमध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ । यस्तै, ४० प्रतिशतले हुने एक अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका ला...